जनार्दन शर्माको कारण रोकियो माओवादीको पदाधिकारी चयन

राजनीति समाचार

काठमाडौं । गत विहिरबार सम्पन्न भएको माओवादी केन्द्रको केन्द्रीय कार्यसमितिले पनि पदाधिकारी चयनको प्रक्रिया सम्पन्न गर्न सकेन । केन्द्रीय समितिको बैठकबाट पोलिट ब्यूरो स्थायी समितिसँगै पदाधिकारीको चयन टुंगो लगाउने वचन अध्यक्ष प्रचण्डले समितिको बैठकमा नै दिएका थिए ।

तर, सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले ४१ सदस्यीय स्थायी समिति र १ सय ५६ सदस्यीय पोलिटब्यूरो गठन गर्न सफल भएपनि पदाधिकारी चयन गर्न भने माओवादीको यो केन्द्रीय समितिको बैठक सफल हुन सकेन ।
४१ सदस्यीय स्थायी समिति र १ सय ५६ सदस्यीय पोलिट ब्यूरो गठन गर्दा पार्टीभित्र चर्को विरोध र विवाद उत्पन्न भएको छ ।

सुरुमा अध्यक्ष प्रचण्ड १ सय २५ सदस्यीय पोलिटब्यूरो गठन पक्षमा थिए । तर, चारैतिरबाट विवाद दबाब आएपछि पोलिटब्यूरोको सदस्य संख्या बढाएर १५६ पु¥याउन अध्यक्ष प्रचण्ड राजी भएका छन् ।

ग्त वर्षको पुस ११ गतेदेखि १८ गतेसम्म माओवादी केन्द्रीय आठौं महाधिवेशन भएको थियो । उक्त महाधिवेशनले प्रचण्डलाई निर्विरोध अध्यक्षमा चयन गरेको थियो । तर, आठौं महाधिवेशनले अध्यक्ष चयन गरेपनि पदाधिकारी भने चयन गर्न सकेन ।

त्यतिखेर पार्टीका प्रभावशाली नेता वर्षमान पुनः चीनमा उपचार गराइराखेको कारण अगाडि सारेर अध्यक्ष प्रचण्डले पदाधिकारी चयनलाई रोकेका थिए । अहिलेपनि केन्द्रीय समितिको यही बैठकबाट पदाधिकारी चयन गर्ने पक्षमा रहेका थिए ।

तर, बजेट विवादमा फसेर जनार्दन शर्मा अर्थमन्त्रीबाट राजीनामा गर्नुपरेपछि यो प्रकारणको छानविन गर्न ११ सदस्यीय संसदीय समिति गठन भएपछि अध्यक्ष प्रचण्ड पदाधिकारी चयनको निर्णयबाट पछाडि हटेका हुन् ।

यही मंगलबारबाट संसदीय समितिले यो प्रकरणको छानविन अगाडि बढाउने छ । र, १० दिनभित्र आफ्नो प्रतिवेदन सभामुख समक्ष बुझाउने छ  । त्यसपछि मात्रै पार्टीको पदाधिकारी चयनलाई अन्तिम रुप दिने बुझिएको छ । स्मरण रहोस् जनार्दन शर्मा महासचिवको प्रवल दावेदार हुन् ।

र, अध्यक्ष पछिको यो महत्वपूर्ण कार्यकारी पदमा अर्का प्रवल दावेदार वर्षमान पुन रहेका छन् । संसदीय समितिले यो प्रकरणबाट जनार्दन शर्मालाइृ सफाइ दियो भने उनलाई अध्यक्ष प्रचण्डले पार्टी महासचिवमा मनोनय गर्ने बलियो सम्भावना रहेको छ ।

महासचिवका अर्का बलिया प्रत्याशी वर्षमान पुनलाई पार्टीमा उपाध्यक्ष मनोनय गरेर शर्माले राजीनामा गरेपछि रिक्त रहेको अर्थमन्त्रीमा पठाउने योजना बनाएका छन् ।

यसैगरी सम्पन्न केन्द्रीय समितिले पदाधिकारी चयन नगरेको भएपनि वरिष्ठ उपाध्यक्षमा नारायण काजी श्रेष्ठको नाम लगभग निश्चित जस्तै छ । यसैगरी कृष्णबहादुर महरा, पम्फा भुसाल र देव गुरुङ पनि उपाध्यक्ष हुने स्थिति माओवादीमा बनेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *