गठबन्धनका दलहरुमा यस्तो पाक्दै छ चुनावी खिँचडी

राजनीति समाचार

काठमाडौं । आम निर्वाचनको मिति तोकिएको छैन । तर सबै राजनीतिक दल चुनावको तयारीमा लागिसकेका छन् । र, चुनावका लागि विभिन्न राणनीति बनाइरहेका छन् । यो मामिलामा अहिले यो गठबन्धनबाट नै चुनाव लड्ने कि अर्का गठबन्धन बनाउने भन्ने विवाद र बहस गठबन्धनका दलहरुभित्र प्रवेश गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकृकीत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल यो गठबन्धनमार्फत नै आमनिर्वाचनमा जाने पक्षमा छन् । तर, एकृकीत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने आगामी आम निर्वाचनमा बाम गठबन्धन बनाएर उत्रनु पर्ने विचार व्यक्त गर्न थालेका छन् । खनालको यो भनाइले एकृकीत समाजवदीमा ठुलै हलचल उत्पन्न गरेको छ ।

र, केहि नेताबाट एमालेका अध्यक्ष कपी ओली झलनाथ खनालका बीचमा सम्बन्ध भने मजबुट बन्दै गएको छ । उता, पाँचदलीय गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसमा आगामी आम निर्वाचनलाई लिएर त्यसैगरी विवाद चर्कन थालेको छ । आगामी आम निर्वाचनमा नेपाली कांग्रेस मैदानमा एक्लै उत्रनु पर्ने विचार खासगरेर संस्थापना इतर पक्षबाट आउन थालेको छ ।

संस्थापना पक्षमाथि दबाब बढाउन भनेर यहि असार २६ गते संस्थापना इतर पक्षको बैठक बसेको थियो । यहि सोमबारबाट बस्ने केन्द्रिय कार्यसमिमित बैठकका सम्बन्धमा आवश्यक रणनीति तयार गर्न भनेर र संस्थापना पक्षमाथि दबाब बढाउन भनेर शेखर कोइराला पक्षको यो बैठक बसेको हो ।

कोइराला पक्ष सम्पन्न स्थानिय निर्वाचनमा गठबन्धनमार्फत चुनाव लड्दा नेपाली कांग्रेस ठुलो उपलब्धि प्राप्त गर्न बाट चुकेको विश्लेषण गरिरहेको छ । कम्युनिष्ट शक्ति विवादित भएको अवस्थामा नेपालाी कांग्रेस एक्लै स्थानीय चुनावमा उत्रिएको भए ५० प्रतिशत भन्दा बढि स्थानिय तहमा विजयी प्राप्त गर्न सक्ने थियो भने विश्लेषण कोइराला पक्ष रहेको छ ।

तर, नेपाली कांग्रेसले गठबन्धमार्फत चुनाव लड्दा एकातिर अन्य पार्टीलाई जिताउन प¥र्याे भने अर्का तिर कांग्रेसले विजयी निश्चित भएका स्थान पनि गुमाउनु प¥यो । आगामी आम निर्वाचनलाई लिएर नेपाली कांगैसमा सबभन्दा ठुलो विवाद बढ्न थालेको छ ।

प्रत्यक्षतर्फ हुने १६५ स्थान भागबन्डा गर्दा नेपाली कांग्रेस सबभन्दा ठलो दलहुन बाट चुक्ने विश्लेषण संस्थापना इतर पक्षको रहेको छ । गठबन्धनमा रहेका पाँचदलका बीचमा प्रत्येक्षतर्फ हुने १६५ स्थान भाग लगाउँदा नेपाली कांग्रेसको भागमा अधिकतम १०० स्थान पर्न सक्ने र प्रत्यक्षतर्फको १६५ मध्ये अधिकतम सहरी निर्वाचन क्षेत्रमा चुनाव लड्दा नेपाली कांग्रेस पहिलो हुने सम्भावना कम हुने भन्दै कोइराला पक्षले कांग्रेस एक्लै चुनाव लड्नु पर्ने मत अगाडि सारेको छ ।

उता, सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भने अगामी आम निर्वाचन गठबन्धनमार्फत नै लड्ने र प्रधानमन्त्री देउवा माओवादी अध्यक्ष प्रचण्ड आलोपालो हुने योजनामा अगाडि बढिरहेका छन् । माओवादी अध्यक्ष प्रचण्ड पनि सभापति देउवाको यो योजनाप्रति समर्थन रहेको छ ।

तर, कांग्रेस एउटा घटक यो गठबन्धनमार्फत चुनाव लड्ने योजनाको पक्षमा छ भने एकृकीत समाजवादीमा पनि कम्युनिष्टका बीचमा गठबन्धन बनाएर चुनाव लड्नु पर्ने मत अगाडि बढ्न थालेको छ । त्यसैगरी गठबन्धका दलहरुका बीचमा चुनावी खिचडी बाँकी रहँदा गठबन्धनका एउटा दल जनता समाजावादी भने विवाजनको संघारमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *