बिरगंज। पर्सा जिल्ला स्थित सखुवा प्रसौनी गाउँपालिकाकी उपमेयर शर्मिला बिस्ट महतोले सरकारी गाडी नचढने बताएकी छिन्। पर्सा जिल्लाको गा।पा।न।पा,महानगरका उपमेयर मध्ये सरकारी गाडी नचढ्ने मध्ये उपमेयर शर्मिला बिस्ट महतो एक हुन् । आफ्नै गाडी प्रयोग गरी दिनरात जनताको सुख(दुख सेवामा लागिरहने बताएकी छिन् ।
पहिला देखी उपमेयरले चढ्दै आएको गाडी पुरै बिग्रेर थोत्रो भैसकेको हुनाले उक्त गाडी प्रयोग नगर्ने र नयाँ गाडी पनि नकिन्ने उपमेयर शर्मिला बिस्ट महतोले बताएकी छिन् । उक्त गाडीको रुपैंयाको सट्टा त्यस रुपैयाँ शिक्षक संस्था तथा गरिब बालबालिकामा त्यो रुपैयाँ प्रयोग गरीने बताएकी छिन।