प्रभु बैंक र अल्फा हेल्थ केयर एण्ड डाइगोनोस्टीक सेन्टरबीच सम्झौता

अर्थ/वाणिज्य समाचार

काठमाडौं । प्रभु बैंकका ग्राहकहरुले अल्फा हेल्थ केयर एण्ड डाइगोनोस्टीक सेन्टरको सबै प्रयोगशाला परीक्षणमा १५ प्रतिशत छुट पाउने भएका छन् ।

छुट प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा शुक्रबार हस्ताक्षर भएको छ । बैंकका तर्फबाट मानव संशाधन विभागका प्रमुख रमेश थापा र अल्फा हेल्थ केयरका तर्फबाट वरिष्ठ मार्केटिङ कार्यकारी अधिकृत अस्मिता पराजुलीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंकमा खाता खोलेर बैंकिङ कारोबार गरिरहेका सबैले छुट पाउने बैंकले जनाएको छ । साथै डाक्टरको थप परामर्श चाहिएमा र डाक्टरको सुझाव अनुसार गरिने प्रयोगशाला परीक्षण सेवामा १५ प्रतिशत छुट पाउने बताइएको छ ।

प्रभु बैंकका ग्राहकहरुले ५ प्रतिशत छुट फार्मेसीबाट पाउने बैंकले जनाएको छ । यसका साथै दुई हजार रुपैयाँभन्दा बढीको औषधि खरिद गरेवापत ९५ किमिको दूरीसम्म निस्शुल्क डेलिभरीको व्यवस्था रहने बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *