कोलम्बो घटनाबाट सिक्नु पर्ने पाठ

समाचार सम्पादकीय

सम्पादकीय
गत शनिवार कोलम्बोदेखि टाढाटाढाबाट हिँडेर आएका सर्बसाधारण जनताले मजबुत सुरक्षा घेरा भित्र राजधानी कोलम्बोमा रहेको राष्ट्रपति भवन कब्जा गरेका छन् । राष्ट्रपति र सरकार प्रति आक्रोसित भएर राष्ट्रपति भवन कब्जा गर्न आएको त्यो जनसागरलाई त्यहा तैनाथ सुरक्षाकर्मीले रोक्ने प्रयाश पनि गरेनन् र गरेको भए त्यो सम्भव पनि थिएन । केही समय यताबाट श्रीलङ्काका जनताले अत्यन्त दयनीय जीवन बिताई राखेको छन् । अहिले श्रीलङ्कामा बिरामीलाई नभई नहुने औषधी पनि बजारमा पाईदैन भने कापीको अभाव हुदा विद्यार्थीको परीक्षा समेत हुन सकेको छैन । यसैगरी पेट्रोलियम पदार्थको अभावले सवारी साधन गुड्न सकिराखेका छैनन् । यसैगरी खाद्य बस्तु पनि श्रीलङ्कामा पाउन अत्यन्त दुर्लभ भएको छ । कथमकदाचित पाई हाले पनि अत्यन्त महगों पर्ने भएको छ ।

राज्यकोषमा विदेशी मुद्राको सञ्चिती सुन्यमा पुगेको कारण श्रीलङकाको यो अबस्था भएको हो र आर्थिक अबस्था अत्यन्त खराब भएपछी एवं कुनै देशबाट ऋण तथा अनुदान पाउने सम्भावना नभए पछी केही दिन अगाडी त्यहाँको सरकारले श्रीलङ्कालाई आर्थिक रुपले टाट पल्टिएको घोषणा गरेको थियो । केही बर्ष अगाडीसम्म श्रीलङ्का दक्षिण एशियाको सबभन्दा सम्पन्न र विकसित मुलुक थियो । श्रीलङ्काको अर्थतन्त्रलाई २० बर्ष लामो गृहयुध्दले पनि खासै असर पारेको थिएन । तर श्रीलङ्काको सत्तामा राजापाक्ष बन्धुको रजगज सुरुभए पछी श्रीलङ्काको त्यो सम्पन्न अर्थतन्त्रमा ग्रहण लाग्न सुरु भयो र श्रीलङ्का यो हालतमा पुग्यो ।
कतिपय आर्थिक विश्लेषकले नेपाल पनि श्रीलङ्काको बाटो तिर जान थालेको भनेर सरकारलाई खबरदारी गर्न थालेका छन् । तर सत्ताका धुपौरे आर्थिक विज्ञ भनिनेहरु भने नेपालको आर्थिक अवस्था त्यो हदसम्म बिग्रिएको स्वीकार गर्दैनन् । तर जसले जे स्वीकार गरेपनि नगरे पनि मुलुकको आर्थिक अवस्था निरन्तर ओरालो लागि राखेको छ । यही भएर सरकारले कतिपय बस्तुको आयतमा कडाई गर्न थालेको छ । नेपालको आर्थिक अबस्था कोरोनाको कारणले गर्दा खराब भएको भनेर जिम्मेवार ठाउमा रहेका व्यक्तिहरु आफु पानी माथिको ओभानो हुने गरेका छन् । तर नेपालको आर्थिक अवस्था विग्रनुको कारण कोरोना जस्तो प्रकृतिक प्रकोप नभएर सरकारको बदमासी नै एक मात्र कारण हो । तर अहिलेसम्म यो विषयमा न त सरकारले श्रीलङ्काबाट शिक्षा लिएको देखिएको छ न त सरकारले आफनो ब्याबहारमा नै सुधार गर्न सुरु गरेको छ ।

मुलुकको आर्थिक अवस्थालाई लिएर सरकार निश्चिन्त भै सिरक ओढेर सुतिराखेको अबस्था छ । तर यो छोटो समयको परिणाम भने होईन लामो समयदेखि निर्यातलाई झन्झटिलो मानेर तातै खाउ जली मरैको नीति सरकारले अवलम्वन गरेको कारण विदेशी मुद्राको सञ्चिति निराशाजनक विन्दुमा पुगेको हो । कृषि प्रधान मुलुक भएर पनि जाड पकाउन उपयोग हुने कोदो समेत भन्सार महशुल लाग्छ भनेर सात समुन्द्र पारीको ब्राजिल र अर्जेन्टिनाबाट आयत गर्न थाले पछी र मुलुकको अर्थतन्त्रलाई भन्सार महसुल केन्द्रीत बनाएपछि विदेशी मुद्राको सन्चिती स्वभाविक रुपले ओरालो त लाग्ने नै भयो । तर मुलुकको हालत कुनै हालतमा पनि श्रीलङ्काको जस्तो हुँदैन भनेर निश्चिन्त बस्नु भनेको गजब छ ।

एउटा तितो सत्य, के हेक्का राख्न जरुरी छ भने बदमासी गर्ने राष्ट्रपति र प्रधानमन्त्री र राष्ट्रपतिलाई श्रीलङ्काका जनताले छाडेनन् भने स्वभाविक रुपले नेपालका नेता पनि कुन खेतको मुला हुन भन्ने प्रश्न स्वभाविक रुपले उठन थालेको छ । श्रीलङ्काको यो हालत राजापाक्ष भाईहरुले बनाएको हो भने नेपालको यो हालत राजनीतिक दल र तिनका नेताले बनाएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *