अर्थमन्त्रीले राजीनामा दिएपछि अर्थसचिव किन चुपचाप ?

समाचार

काठमाडौं । कर्मचारी र राजनीतिक दलबिच समन्वयकारी भूमिका नहुँदा मतभेद हुने गरेको छ । राजनीतिक पार्टीले कर्मचारीलाई नियन्त्रणमा ल्याउन सकेको छैन । उदाहरणको लागि अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बिचको टक्करले अर्थतन्त्रमा ठूलो असर पर्ने गरेको छ । गभर्नर अधिकारीले सरकारको सूचना चुहाएको आरोप गभर्नर अधिकारीमाथि लागेपछि गर्भनर र अर्थमन्त्रीबिच विवाद उत्पन्न भयो । अर्थमन्त्रीले हस्तक्षेप गरी गभर्नरबाट अधिकारीलाई हटाएका थिए र यसकै विरुद्ध अधिकारी सर्वाेच्च पनि गएका थिए । सर्वाेच्चले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेपछि पूर्ण रुपमा सर्वाेच्चले गभर्नर अधिकारीलाई यथास्थितिमा फर्कन आदेश दिएपछि उनी फर्किएर कार्यभार सम्हालेका थिए । त्यसपछि अर्थमन्त्री र गभर्नर बिचमा समन्वयकारी भूमिका बन्न सकेको थिएन । त्यसेको सेरोफेरामा अर्थमन्त्री र अर्थसचिव बिचमा पनि समन्वय हुन नसकेपछि बजेट बनाउने बेलामा अर्थसचिवले समन्वयकारी भूमिका नखेलेको आरोप लागेको थियो । अर्थ सचिवको कारण विवाद भएपछि नासु रघुनाथ घिमिरेलाई प्रयोग गरिएको खुलासा भएको थियो । अर्थमन्त्री र अर्थसचिव बिचमा एक आपसमा मनमुटाव सुरु भएको थियो । अर्थमन्त्रीलाई सचिवले फसाउन खोजएको देखिन्छ । किनकि मधुकुमार मरासिनी पहिला उपसचिव हुँदादेखि नै माओवादी बनेर हालीमुहाली गर्दै आएका थिए । वर्षमान पुनः तत्कालीन अर्थमन्त्री भएका बेला एडीबीमा गएका थिए । माओवादीलाई भजाउँदै विभिन्न कर कार्यालदेखि आम्दानी हुने मालदार अड्डामा बस्दै आएका थिए । उनी पछि बढुवा भएर सहसचिव भएपछि तत्कालीन मन्त्री कृष्णबहादुर महरालाई प्रयोग गरी अमेरिका भ्रमणमा गएका थिए । अमेरिका गएपछि न्यूयोर्कमा बस्दासमेत आम्दानीको स्रोत खोज्ने गरेको बताइन्छ । नेपालमा उद्योगपति विनोद चौधरीदेखि ठुला व्यापारिक घरानाका व्यापारीसँग समन्वय गरी राम्रो आर्थिक स्रोत जम्मा गरेको बताइन्छ । मधुकुमार मरासिनीले सचिवमा बढुवा भएपछि माओवादी नेतालार्य प्रयोग गरी अर्थसचिव भएका थिए । अर्थ मन्त्रालयमा बसेपछि अर्थ सचिवले बजेट बनाउने बेलामा भन्सार छुट र भन्सार दरहरु समेत तलमाथि गरेको स्रोत बताउँछ ।
बजेट बनाउने बेलामा आफ्नो फेभरमा रहेका व्यापारीलाई फाइदा हुने र आफ्नो फेभर बाहिरका व्यापारीलाई भन्सार महसुल बढी लाग्नेगरी बजेट बनाएका थिए । विनोद चौधरीसँग सम्बन्ध बनाएका रघुनाथ मैनालीलाई सचिव मरासिनीले प्रयोग गरेको आरोप छ । यस्तै अर्थ मन्त्रालयमा बसेर अकुत सम्पत्ति आर्जन गर्ने र सो पैसा राजनीतिक दलका नेतालाई लगानी लगाउने र जागिरबाट अवकाश भएपछि राजनीतिक दलको चाकडी गरी नेपाल सरकारको महत्वपूर्ण राजनीतिक नियुक्ति खाने गरेका छन् । जनार्दन शर्मा तत्कालीन उर्जामन्त्री भएका बेला लोडसेडिङ हटाउन राम्रो प्रयास गरेका थिए । तत्कालनि जलस्रोत सचिव र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले राम्रो पहल गरेका थिए । उर्जामन्त्री हुँदा जनार्दन शर्मा सफल भएका थिए । त्यही सोच राखेर अर्थ मन्त्रालय चलायमान बनाउने उद्देश्यले अर्थमन्त्री भएका शर्मा अहिले बद्नाम भएका छन् । अर्थसचिव र नेपाल राष्ट्र बैंकका गर्भनर अधिकारीसँग टसल भएपछि अर्थमन्त्री शर्मा विवादमा परे । अर्थसचिवले समेत अर्थमन्त्रीको बद्नाम गरेपछि सबैतिरबाट विरोध भएको थियो । सो विरोध खप्न नसकेर मन्त्री शर्माले राजीनामा दिएका छन् । तर नेपालको कर्मचारीतन्त्रले मन्त्री र राजनीतिक दलका नेतालाई प्रयोग गर्ने र आफुहरु चोखिने गरेको उदाहरण धेरै छन् । यस्तै अर्थसचिव मधु मरासिनीले नेपाल सरकारको कर्मचारी प्रशासनमा बसेर जागिर खाएपनि उनलाई कमाउने अड्डामा बस्न भ्याई नभ्याई थियो । खासगरी मरासिनी अधिकाशं समय विश्व बैंक र एसियाली विकास बैंक, अर्थ मन्त्रालयको वैदेशिक शाखा र अन्तर्राष्ट्रिय दातृ निकायमा रमाउने गरेका थिए । मरासिनी अर्थसचिव भएपछि कसरी हुन्छ कमाउन लागिपरेका थिए । मन्त्रीलाई सहयोग गर्नेभन्दा पनि अर्थमन्त्रीको विरोध गर्ने र गुमराहमा राखी बद्नाम बनाउने खेलमा राष्ट्र बैंकका गभर्नर अधिकारीसँगै लागेका थिए । साथै, अर्थमन्त्री शर्मालाई ठुला बिग हाउसका पत्रिकाहरुले कर छुट गर्न दबाब दिएको र सो कर छुट नगरेपछि अर्थमन्त्रीको विरोधमा ती दुई दैनिक पत्रिका खनिएको स्रोतले तामाकोशीलाई बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *