बैंकको कानूनी सल्लाहकारको तलब पाँच लाख ?

समाचार

काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायधीश राजकुमार कोइरालालाई फसाएर अहिले भूमिगत भएका केपी शर्मा ओली निकटका कानुन व्यवसायी रुद्र पोखरेलको अर्काे फण्डा भेटिएको छ । उनी अहिले एउटा नीजि बैंकको सेटिङमा लागेका फेला परेको हो । न्यायधीश राजकुमार कोइरालालाई घुसको अफर गरेर बदनामी कमाएका र इच्छाराजको पत्नीसँग तीन करोड एडभान्समा बुझेर पत्नीका नाममा घर घोडेरी जोडिसकेको उनी अहिले फरार जस्तै छन् । न्याय परिषद्ले उनीसँग साता दिनभित्रैमा स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । तर यिनी फरार भए पछि अहिले न्यायपरिषद् नै अप्ठ्यारोमा परेको छ । परिषद्ले पटकपटक उनको नाममा म्याद तामेलीको प्रयास गरेको थियो । उनीहरुले पोखरेलको ल फर्मदेखि इमाडोलसम्म भेट्ने प्रयास गरे पनि उनी सम्पर्क बिहिन भएको बताइएको छ । पोखरेलले बोक्दै आएको मोवाइल स्वीच अफड गरिएको छ । अहिले परिषद्ले हुलाकबाट उनको कानुन व्यवसायीको प्रमाणपत्रमा उल्लेख भएको ठेगानामा पत्र पठाएको छ । यदी त्यहाँबाट पनि जबाफ नआए सार्वजनिक सञ्चार माध्यममा सूचना प्रकाशित गरेर कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ । यो प्रकरणमा मुछिएका पोखरेल एमाले कानुन विभागका सदस्यसमेत हुन । यो प्रकरणमा पूर्व महान्यायधिवक्ता अग्नि खरेलसमेत मुछिएका छन् । खरेल इच्छाराज तमाङको कानुनी सल्लाहकार हुन । उनले सिभिल बैंकबाट मात्र मासिक पाँच लाख सुविधा बुझ्दै आएका थिए ।
यता अहिले धमाधम ठूला बैंकहरुको मर्ज (एक आपसमा गाभ्ने)प्रक्रिया चलिरहेको छ । सोमबारमात्र नबिल बैंक र एनबी बैंक एक आपसमा गाभिएका छन् । धनाढ्य अर्वपति विनोद चौधरीको रोजाईमा बदनाम सिइओ ज्ञानेन्द्र ढुंगना परेका छन् । यस्तै हिमालयन र इन्भेष्टमेन्टको मर्जर भाडिएको घटना सेलाउन नपाउँदै हिमाल बैंकको सिभिल बैंकसँगको मर्जर पनि भाँडिएको छ । यही समयमा प्रभु बैंक पनि नयाँ मर्ज गर्न बैंकको खोजीमा थियो । पोखरेल खेल्न सक्रिय रहे । पोखरेल उक्त बैंकका कानुनी सल्लाहकार समेत हुन । अहिले बैंकका अध्यक्ष छन् उपेन्द्र केशरी न्यौपाने । न्यौपाने पनि बदनाम पात्र हुन । उनै न्यौपानेलाई समेत प्रयोग गरेर भूमिगत जीवन बिताइरहेका पोखरेल भने प्रभु बैंकसँग मर्ज गराउने खेलो मेलोमा संग्लग्न भएको भेटिएको छ । अहिले उनै पोखरेल र एनसीसी बैंकका अध्यक्ष उपेन्द्र केशरी न्यौपाने मिलेर बैंकलाई प्रभु बैंकसँग मर्ज गराउन खेलो मेलोमा लागेको स्रोतको दावा गरेको छ । एनसीसी बैंक स्रोतका अनुसार प्रभु बैंकसँग एनसीसी बैंक मर्ज गराउन पनि ठूलो धनराशीको चलखेल भइरहेको छ । एनबी समूह संस्थापक रहेको नेपाल बंगलादेश बैंक नलिब बैंकसँग मर्ज भएर सोमबारदेखि एकिकृत कारोबार समेत शुरु गरेको छ । तर, नेपाल बंगलादेश बैंकभन्दा पनि राम्रो वित्तीय अबस्था रहेको एनसीसी बैंकलाई आफूभन्दा कमजोर वित्तीय अबस्था भएको वित्तीय संस्थामा मर्ज गराउन नहुने पक्षमा बैंकका अधिकांश कर्मचारी रहेपनि कानुनी सल्लाहकार पोखरेल र अध्यक्ष न्यौपाने भने प्रभुसँगै मर्ज गराउने गरी काम गरिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *