उपसभामुख निर्वाचनका लागि कार्यतालिका सार्वजनिक

राजनीति समाचार

काठमाडौं । लामो समय देखी रिक्त रहेको प्रतिनिधिसभाका उपसभामुखको लागि निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ ।

३१ असारमा उपसभामुख चयन हुने गरी सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन ।

उपसभामुखका लागि ३० असारमा उपसभामुख निर्वाचित गरियोस भन्ने प्रस्तावको सुचना दर्ता हुने, सोही दिन अपरान्ह १ बजे उपसभामुखका लागि उम्मेदवारी दर्ताका लागि आब्हान गर्ने र ३१ असारमा बस्ने बैठकवाट उपसभामुख चयन गर्ने तालिका तय भएको छ । तत्कालिन उपसभामुख शिवमाया तुम्वाहाम्फेले राजिनामा दिए पछि झन्डै २ बर्ष देखी उपसभामुख खाली रहदैँ आएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *