एमालेको कार्ड लिएर गभर्नर पदमा बस्न मिल्दैन : रामचन्द्र पौडेल

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा मागेका छन् । गभर्नरले गर्दा देशमा कानुनी जटिलता निम्तिएको भन्दै उनले राजीनामा दिनुपर्ने बताए ।

नेपाल प्रेस युनियन तनहुँद्वारा बिहीबार दमौलीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा कांग्रेस नेता पौडेलले सो कुरा बताएका हुन् ।

पार्टीभित्र जिम्मेवार, पदमा गभर्नर एम अधिकारीको गतिविधिले नैतिक, संवैधानिक र कानुनी प्रश्न उठाएको पौडेलको भनाइ थियो ।“नेकपा एमालेको कार्ड लिएर अधिकारी नेपाल राष्ट्र बैङ्कको गभर्नर पदमा कसरी बस्न मिल्छ ? ” पौडेलले प्रश्न गरे ।

“गभर्नर जस्तो व्यक्तिले जे मन लाग्यो, त्यही गर्न मिल्दैन,” नेता पौडेलले भने, “विवादित गभर्नरले नैतिकताका अधारमा राजीनामा दिनुपर्छ ।” राजीनामा नगरे गभर्नरलाई बर्खास्त गर्न उनले सरकार लाई सुझाव दिए ।

गभर्नरले नेपाल श्रीलङ्काको बाटो तर्फ जाँदैछ भनेर बदनियतपूर्वक भनेको उनले बताए । “गलत बाटो गयो भने गभर्नर पनि पन्छिन मिल्छ र ? उहाँको पनि जिम्मेवारी हुन्छ” नेता पौडेलले प्रश्न गर्दै भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *