मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

राजनीति समाचार

काठमाडौं । आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्न लागेको छ । प्रतिनिधिसभाको बैठक ३ बजेका लागि तय भएका बेला उक्त बैठक अगावै प्रतिनिधिसभाको बैकठ बस्न लागेको हो ।

मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको जानकारी एक मन्त्रीले दिएका छन् । ती मन्त्रीका अनुसार कसैलाई पनि बैठकको एजेण्डाका बारेमा जानकारी दिइएको छैन ।

तथापी, संसदमा पेश भएका नागरिकता लगायतका महत्वपूर्ण विधेयकका बारेमा छलफल हुन सक्ने उनले बताए । मन्त्रिपरिषद्को आजको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको आगामी निर्वाचनका बारेमा निर्णय हुन सक्नेसमेत सम्भावना रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *