कांग्रेस बैठकमा देउवाको टिकट आतंक

राजनीति समाचार

काठमाडौं । गत सोमबारबाट सम्पन्न स्थानिय निर्वाचनको समिक्षा गर्दै बैशाखमा हुने आम निर्वाचनको रणनीति बनाउनको लागि नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक बसिरहेको छ ।

कार्यसमितिको बैठकमा सम्पन्न स्थानीय निर्वचनको समिक्षा र भावी निर्वाचनका लागि रणनीति बनाउनेमा भन्दा पनि शेरबहादुर देउवाको पार्टी सभापति र प्रधानमन्त्री कालको समिक्षा गर्दै आलोचना गर्ने काम तीब्र रुपमा भइराखेको छ ।

केन्द्रिय कार्यसमितिका कतिपय सदस्यले सम्पन्न निर्वाचनमा कम्युनिष्ट गठबन्धन गर्नु कांग्रेसको भविष्यका लागि आत्मघाती करण हुने सम्मको चेतावनी गरिराखेको छ । यसै गरी अगामी आम निर्वाचन कांग्रेस एक्लै लड्नु पर्ने मत आउन थालेको छ ।

महंगी लगायत आम जनता दैनिक समस्याका प्रति यो सरकारले सम्बोदनका लागि कुनै कलम चाल्न नसकेको भनेर आलोचना भइराखेको छ । सभापति र प्रधानमन्त्री रुपमा देउवा पूर्ण रुपमा असफल भएको मत केन्द्रिय कार्यसमिति बैठकमा केन्द्रिय सदस्यले समेत उठाउन थालेपछि कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवा बैठकमा आक्रमण रुपले प्रस्तुत हुन थालेका छन् ।

र, यसैगरी आफ्नो आलोचन भइरहे विधान संसोधन गरेर अर्काे कार्यकालका लागि पनि सभापति हुने चेतावनी देउवाले दिएका छन् । देउवाले दिएको यो चेतावनीको लक्ष्य आगामी आम निवाचनमा उम्मेदवारीका लागि वितरण गर्ने टिकट सँग जोडेर कतिपय कांग्रेस कन्द्रिय सदस्यले प्रधानमन्त्री तथा पार्टी सभापति देउवामाथिको आलोचनालाइ कम गर्न थालेका छन् ।

कार्यशैलीलाई लिएर पार्टी सभापति तथा प्रधानमन्त्री देउवाको आलोचना गर्दा आगामी आम निर्वाचनमा टिकट पाउने नसक्ने भएको कारण कांग्रेसी नेताहरुले प्रधानमन्त्री देउवामाथिको आलोचनलाई मतर पारेका हुन् । यसरी प्रधानमन्त्री देउवा माथिको आलोचना मतर भएसँगै गठबन्धन गरेर चुनावी मैदानमा उत्रने देउवाको चाहना पुरा हुन सम्भावना बढेर गएको छ ।

यता अहिलेसम्म प्रधानमन्त्री देउवाको सहयोगी भूमिकामा रहेका नेता कृष्ण सिटौलाले लामो समयपछि मुख खोल्दै गठबन्धनका सम्बन्धमा निर्णय गर्न हतार गर्न नहुने भन्ने विचार व्यक्त गरेर गठबन्धनलाई लिएर नेपाली कांग्रेसमा हुने गरेको बहसलाई यथावत राख्नु पर्ने मत व्यक्त गरेका छन् ।

जबकी प्रधानमन्त्री तथा पार्टी सभापति देउवा केन्द्रिय कार्यसमितिको यहि बैठकबाट अगामी आम निवाचन गठबन्धन मार्फत निर्णय गर्ने पक्षमा रहेका छन्।

नेपाली कांग्रेसले गठबन्धनको पक्षमा निर्णय गरे सरकारमा रहेका अन्य दललाई पनि गठबन्धका पक्षमा निर्णय गर्न र रणनीति बनाउन सजिलो हुने सोचाइ गठबन्धनका अन्य दलहरुको रहेको छ ।

तर यस सम्बन्धमा नेपाली कांग्रेसको यो बैठकले ठोस निर्णय गर्ने सम्भावना छैन । किनभने कांग्रेसको यो बैठक खास गररेर गत बैशख ३० गते सम्पन्न भएको स्थानिय निर्वाचनको समिक्षा गर्नका लागि बसेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *