उखुबारीमा यौन सम्बन्ध राखेको भिडियो खिचेर सामूहिक बलात्कार

समाचार

काठमाडौं । कञ्चनपुरमा प्रेमी र प्रेमिकाले उखुबारीमा यौन सम्पर्क गरिरहेको भिडियो खिचेर प्रेमिका युवतीमाथि सामूहिक बलात्कार भएको खुलेको छ ।

गएको असार २३ गते साँझको समयमा जिल्लाको पुनर्वास नगरपालिका–५ स्थित उखुबारीमा यौन सम्पर्क गरिरहेका प्रेमी र प्रेमिकाको भिडियो खिचेर आफूहरुलाई पनि यौन सम्पर्क गर्न नदिए भिडियो भाइरल गराइ दिने भन्दै तीनजना युवाले सामूहिक बलात्कार गरेको खुलेको हो ।

प्रहरीले दिएको जानकारी अनुसार तीन जना युवाहरुले प्रेमीकै अगाडि २० वर्षीया युवतीमाथि बलात्कार गरेका थिए । युवतीका प्रेमी सुशिल विष्टसँग प्रेममा रहेकी उनको आग्रहमा भागी विवाह गर्ने तयारी स्वरुप उनीहरु मोटरसाइकलमा भागेका थिए ।

साँझको समयमा विष्ट र उनकी प्रेमिकालाई तीनजनाको समूहले पिछा गर्दै जाँदा विष्टले उखुबारीको छेउमा बाइक रोकेका थिए । उखुबारीमा पसेर यौन सम्पर्क गर्न थालेपछि युवाहरुले उनीहरुको भिडियो खिचेका थिए ।

विष्ट र ती युवतीबीच यौन सम्पर्क सकिएपछि ती युवाहरुले भिडियो देखाउँदै आफूहरुलाई पनि यौन सम्पर्क गर्न दिन दबाब दिएका थिए । त्यस पछि विष्टकै अगाडी उनीहरुले पालैपाले बलात्कार गरेको प्रहरीको भनाइ रहेको छ ।

पीडित २० वर्षीया युवतीले असार ३० गते प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडितकै उजुरीका आधारमा प्रेमी सुशीलसहित घटनामा संलग्न खेमप्रसाद जैसी, लक्ष्मण सुनार र पृथ्वी भाट क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरू सबैलाई शनिबार पक्राउ गरिएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *