उपसभामुख पुष्पा भुसालद्वारा शपथ ग्रहण

राजनीति समाचार

काठमाडौं । उपसभामुख पुष्पा भुसालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उपसभामुख पुष्पा भुसाललाई शपथ गराएको स्रोतले जानकारी जानकारी दिएको छ ।

शुक्रबार भएको उपसभामुख निर्वाचनमा सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी भुसाल विजयी भएकी हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *