कान्तिपुर पब्लिकेशन र कान्तिपुर टेलिभिजन लिमिटेडको सिईअ‍ोमा स्वाँर र पछाई

राजनीति समाचार

काठमाडौँ । कान्तिपुर पब्लिकेशन र कान्तिपुर टेलिभिजन लिमिटेडको प्रमुख कार्यकारी अधिकृत सीईओ मा क्रमशः महेश स्वाँर र शिशिर पछाई नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले सोमबार आयोजित छुट्टाछुट्टै कार्यक्रममा स्वाँर र पछाईलाई उक्त जिम्मेवारी दिइएको घोषणा गरेका हुन् ।

यसअघि पब्लिकेशनमा नायब महाप्रबन्धकका रूपमा कार्यरत स्वाँरसँग दुई दशकभन्दा लामो पेसागत अनुभव छ । कान्तिपुर टेलिभिजन, तराई टेलिभिजन र बोटलर्स नेपालमा काम गरिसकेका उनले कलेजमा अध्यापनसमेत गरेका छन् । एस इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट स्नातकोत्तर स्वाँर नेप्लिज मार्केटिङ एसोसिएसनका अध्यक्ष तथा एओटीएस नेपाल र सिटिजन्स इन्स्योरेन्सका सञ्चालक सदस्यसमेत हुन् ।

नवनियुक्त सीईओ स्वाँरले संस्थालाई नयाँ उचाइमा पुर्‍याउन आफू प्रतिबद्ध रहेको बताए । उनले कुनै पनि संस्थाका निम्ति मानव संसाधन नै अमूल्य सम्पत्ति रहेको र त्यसको उचित व्यवस्थापनबाटै संस्थाको प्रगति हुनेमा आफ्नो विश्वास रहेको उल्लेख गरे ।

त्यस्तै, कान्तिपुर टीभीका नवनियुक्त सीईओ पछाईले पनि सोमबारदेखि कार्यभार सम्हालेका छन् । कान्तिपुर पब्लिकेशन अन्तर्गत कर्पोरेट प्रमुखलगायत विभिन्न पदमा १८ वर्ष काम गरेका पछाई यसअघि एफवानसफ्ट इन्टरनेसनलमा ग्रुप चिफ अपरेटिङ अफिसर थिए । भारतको सिक्किम मणिपाल विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर पछाईले जिम्मेवारीलाई चुनौतीका रूपमा लिएको जनाउँदै टेलिभिजनको बहुआयामिक विकासका निम्ति लागिपर्ने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *