पानी ट्याङ्कीमा डुबेर दाजुबहिनीको मृत्यु

समाचार

सुर्खेत । पानी ट्याङ्कीमा डुबेर दैलेखमा दुई बालबालिकाको मृत्यु भएको छ । दुल्लु नगरपालिका वडा ३ सियालाका बखत महतका छोरा दिनेश महत र छोरी अनिता महतको सोमबार बेलुका कर्णाली, कोटाछाल, दुल्लु लिप्टिङ खानेपानीको ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर शाहले जानकारी दिए ।

शाहले भने, ‘दिउँसो चार बजे उनीहरू मृत फेला परेको भनेर हामीलाई खबर आएको थियो, हामीले मातहतका कार्यालयमा बुझ्दा दुई बालबालिकाको मृत्यु भएको हो ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *