एकीकृत समाजबादीमा नेपाल–खनाल विवाद

समाचार

काठमाडौं । लगभग एक बर्ष अगाडी नेकपा एमालेबाट अलग भएर गठन भएको एकीकृत समाजबादीका दुई शीर्ष नेता माधव नेपाल र सम्मानित नेता झलनाथ खनालका बीचमा दरार देखिन थालेको छ । खास गरेर गत बैसाखमा सम्पन्न भएको स्थानीय निर्वाचनको परिणाम आएपछि अध्यक्ष नेपाल र नेता खनालका बीचमा बिबाद उत्पन्न हुन थालेको हो । स्थानीय निर्वाचनको परिणाम आए पछी नेता खनालले बाम एकतालाई जोड दिन थालेका छन् । नेता खनालको यो भनाई खास गरेर नेकपा एमालेलाई लक्ष गरेर नेता खनालले ब्यक्त गर्ने गरेका छन् । समाचार शुत्रका अनुसार एमाले अध्यक्ष के.पी. ओली निकट पृथ्बी सुब्बा गुरुङले डल्लु स्थित निवासमा पुगेर एकताका सम्बन्धमा पटकपटक छलफल गरेका छन् ।
तर अध्यक्ष नेपाल भने केही समय अगाडीसम्म एमालेसँग एकता गर्ने होईन एमालेलाई सिध्याउने पक्षमा थिए । यसैगरी अमेरिकाले अगाडी सारेको एमसीसी परियोजनामा पनि अध्यक्ष नेपाल र नेता खनालका बीचमा फरक मत रहेको छ । नेता खनाल एमसीसीलाई कुनै हालतमा पास गर्न हुदैन भन्ने पक्षमा थिए । यही कारणले गर्दा पाँच दलीय गठबन्धनले एसीसीको सम्बन्धमा निर्णायक वार्ता गर्दा खनाललाई बोलाईन भने खनालले पनि एसीसीको पक्षमा मतदान गरेनन् । पछिल्ला दिनमा एकीकृत समाजवादीमा खनालको पक्कड बलियो हुदै आएको छ अध्यक्ष नेपालले पनि यो विषयमा नरम भएर एमालेलाई गाली नगर्न आफना पार्टीका कायकर्तालाई निर्देशन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *