माओवादीभित्र चर्कियो संघर्ष

समाचार

काठमाडौं । नेकपा माओवादीको महाधिवेशन भएको ८ महिना बित्न लाग्दासमेत पदाधिकारीको चयन हुन नसक्दा माओवादी केन्द्र भित्रको नेतृत्व विकासमा बाधा भएको छ । पार्टी छाडेर एमाले बनेका लेखराज भट्ट, टोपबहादुर रायमाझी सचिव भए । रामबहादुर थापा उपाध्यक्ष पनि भएकै छन् । तर कुचाले गर्ने काम हावाले ग¥यो । लेखराजले केपी ओली सरकारमा उल्का गरेका पनि होइनन् । रामबहादुर गृहमन्त्री भएपनि काम गर्न सबै केपीको आदेश मान्नु परेको थियो । यो सबै ज्ञान भएर पनि गठबन्धनलाई त्याग्ने कि वाम गठबन्धनतिर लाग्ने भन्ने संघर्ष चल्दैछ ।
जनार्दन शर्मा, वर्षमान पुनः, नारायणकाजी श्रेष्ठ, वाम गठबन्धनकै लागि कहिले विष्णु पौडेल, कहिले प्रदीप ज्ञवाली र शंकर पोखरेलसम्मको बैठकमा सहभागी भएकै छन् । एमाले जनार्दन भन्दा पनि गठबन्धनको लागि वर्षमान महासचिव बनोस् भन्नेमा रहेको छ । प्रधानमन्त्रीको लागि केपी ओलीले अडान लिएका छन् । केपी आफु चुनाव पछि प्रधानमन्त्रीको ग्यारेन्टी भए एमालेलाई माओवादीसँग गठबन्धन गर्न आइतबार छैन । एमाले र माओवादी विचार, सिद्धान्त, नीति र कार्यक्रममा होइन, पदमाा भागवण्डा गर्दा एकीकृत पार्टी फुटाइएको थियो । अहिले चुनावको बेला पार्टीमा गुटबन्दी झन् चर्कन सक्छ । उपाध्यक्षमा विवादभएन तर महासचिव, २ उपमहासचिव, ३ सचिव र कोषाध्यक्षको पदमा त्यहाँ ठूलै संघर्ष छ । नारायणकाजीलाई वरिष्ठ उपाध्यक्ष, कृष्णबहादुर महरालाई उपाध्यक्ष बनाउने विवाद भएन । तर महासचिव, २ उपमहासचिव र ३ सचिवका लागि धेरै छन् । वरिष्ठ उपाध्यक्षमा नारायणकाजीलाई दिइएको छ । आधा लडाई जितेको महसुस गरेका प्रचण्डलाई आफैं भित्रका जनार्दन, वर्षमान, हरिबोल, पम्फा भुसाल, देव गुरुङ सम्मको व्यवस्थापन गर्दा लिलामणि पोखरेलको क्षमताअनुसार पदाधिकारी देलान कि नदेलान शंका उठाइएको छ ।
नारायणकाजीको समूहबाट मन्त्री पाउने उनै गिरिराजमणि पोखरेल भएका छन् । शशी श्रेष्ठलाई भूमिसुधार मन्त्री बनाउँदा प्रचण्डले काजीको कोटामा पारेका हुन् । त्यहाँ अन्जना विसंखेलाई नारायणकाजी समूहको कोटामा सांसद बनाइए पनि अवसर दिइएको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *