विभिन्न माफियाले सम्पत्ति जोगाउन सम्बन्धबिच्छेद गर्दै

समाचार

काठमाडौं । सक्कली विवाह नक्कली डिभोर्स गर्नेको भीडमा फेरि अर्काे व्यवसायी थपिने भएका छन् । चार बर्ष अघि नै गुरु न्यौपानेले पत्नीसँग गरेको नक्कली डिभोर्स गरेकै शैलीमा इच्छाराज तमाङ पछि अर्काे माफियाले पनि नक्कली सम्बन्ध विच्छेद गरेको फेला परेको छ ।
एउटा कानुनी छिद्रको प्रयोग गर्दै एक पछि अर्काे व्यवसायीहरु त्यही छिद्रमा खेलेर आफ्नो सम्पत्ति बचाउने दाउ गरिरहेका छन् ।यस अघि आफ्नो सम्पत्ति जोगाउने नाममा अहिले थुनामा रहेका इच्छराराज तामाङले श्रीमती सिर्जना शाक्यसँग नक्कली डिभोर्स गरेका थिए । व्यापारीहरुमा आफ्नो व्यावसायिक जीवनमा समस्या परेपछि कागजी सम्बन्ध विच्छेद गर्ने प्रचलन व्याप्त छ । जसरी गरिबका छोराछोरी अमेरिका,अष्ट्रेलिया जान नक्कली विवाह गरेर समस्यामा पर्दछन् । त्यस्को ठीक विपरित धनाढ्यहरु चाहिँ सम्पत्ति जोगाउने नाममा नक्कली डिभोर्स गरेर समस्यामा पर्ने गरेका छन् ।
यस अघि अर्का व्यवसायी गुरु न्यौपानेले आफ्नै वृद्ध पत्नी सावित्री न्यौपानेसँग नक्कली डिभोर्स गरेका थिए । त्यो खबर हामीले दुई बर्ष अघि नै सार्वजनिक गरेका थियौं । समस्यामा परेपछि सम्पत्ति जोगाउन उनले पत्नीसँग कागजी सम्बन्ध विच्छेद गरेका थिए । त्यो नक्कली डिभोर्सका कारण उनको साढे दुई करोड सम्पत्ति जोगिएको थियो । जनता बैंकको अध्यक्ष भएका बेला न्यौपानेले श्रीमती सावित्रीदेवीका नाममा ८५ हजार कित्ता सेयर भित्री रुपमा किनेका (इन्साइडर ट्रेडिङ) गरेका थिए । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा सञ्चालकले पदमा वहाल रहँदा आफू र परिवार कसैको नाममा पनि त्यही संस्थाको शेयर खरिद गर्न पाइँदैन । यसरी न्यौपानेले इन्साइडर ट्रेडिङ गरेको पुष्टि भएपछि उनकी पत्नी सावित्रीदेवीको नाममा भएको सेयर जफत गर्न राष्ट्र बैंकले जनता बैंकलाई निर्देशन दिएको थियो । राष्ट्र बैंकको निर्देशनपछि जनताले सावित्रीदेवीको नाममा रहेको सेयर जफत गरी लिलामी प्रक्रिया अघि बढाएको थियो । सेयर लिलामी गर्ने अन्तिम मिति अघि नै चलाखी गरेर पत्नीलाई डिभोर्स मुद्धा हाल्न लगाइएको थियो । पछि तिनै डिभोर्स गरिएकी पत्नी बोकेर उनी लण्डन हानिएका थिए । न्यौपाने अहिले पनि डिभोर्स गरेका पत्नीसँगै बस्दै आएका छन् । यस्तै अर्काे हाइड्रो माफिया ज्ञानेन्द्रलाल प्रधानले पनि नक्कली डिभोर्स गरेका छन् । नेपालको चर्चित हाइड्रो माफिया मानिएका उनै प्रधानले पत्नी विमलासँग नक्कली सम्बन्ध विच्छेद गरेको उच्च स्रोतले जनाएको छ । यसो गर्दा झण्डै उनको ६ करोड बच्ने बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *