बुटिक होटलमा बस्दै सेटिङ मिलाउँदै हवाई माफिया

समाचार

काठमाडौं । भनाई छ कि नेपालका मन्त्रालयहरु हवाई माफिया र दबाई माफियाले चलाइरहेका छन् । यहाँ औषधि माफिया विशाल पण्डितदेखि आङ छिरिङ शेर्पाहरुकै बोलबोला रह्यो लामो समयसम्म । उनीहरुकै इच्छा अनुसार ऐन कानुन नियम बन्ने सिलसिला जारी छ अझैं पनि । अहिले नयाँ बिचौलिया बनेर आएका छन् दिपक भट्ट,उनी लगानी बोर्डका सिइओ सुशील भट्टको भाई । उनै भट्टको प्रभाव हिजो केपी ओली सत्तामा हुँदा जस्तो थियो अहिले देउवाको रजगज चल्दा पनि उनकै बोलबोला छ । नेपालका अधिकांश मन्त्रालय अहिले उनी भट्टले चलाउछन्,उनकै स्वार्थ अनुकुल नीति नियमहरु बन्छन् । त्यस्को पछिल्लो उदाहरण हो, सवारी साधनमा इम्बोइष्ट नम्बर प्लेट अनिवार्य गर्नेदेखि नेपाल पुर्नबीमाको व्यापार खोसेर हिमालयन रि इन्स्योरेन्सलाई दिनेसम्म । हरेकजसो मन्त्रीको बेडसम्म पुग्ने ल्याकत राख्ने उनै भट्टले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा जतिखेर कोरोना महामारी शुरु भयो अनि ओम्नीको नाममा स्वास्थ्य सामाग्री खरिद गर्ने क्रममा तुलहरि अग्रवालसँग मिलेर चीनबाट मेडिकल सामग्री खरिद गर्ने क्रममा तत्कालीन उपप्रधानमन्त्री इश्वर पोखरेल, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायतलाई हातमा लिएर खेतीपातीमा लागेका थिए । जब ओम्नी बदनाम भयो अनि रातारात जन्माइयो बिथ ल्याब । यो कम्पनीका मालिक पनि अहिले मुद्धा खेपिरहेका छन् । भीमकान्त भण्डारीहरुलाई हातमा लिएर उनै भट्ट कोरोनाको किट परीक्षणको धन्दामा लागे । विथ म्यानेजमेन्टका मालिक विरुद्ध अहिले अख्तियारले विशेष अदालतमा साढे ६ करोड भ्रष्टाचारको मुद्धा दायर गरेको छ । यो प्रकरणमा विथ ल्याबको बैंक खाता अख्तियारले रोक्का गरिदिएको छ । तर भीमकान्तको अकुत सम्पत्ति लुकाउँदै आएको नवीनको बैंक खाता भने अख्तियार ‘फ्रिज’ गर्न सकेको छैन । उनै भीमकान्तले निर्वाचनको समयमा सिसिटिभी क्यामरा खरिद गर्ने नाममा करोडौं रकम कुम्याउन सफल भएका थिए । उनले निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियालाई मिलाएर यो सेटिङ हात पारेका थिए । औषधिको खेलो मेलो सकिए लगतै भिमकान्त,भट्टजस्ता बिचौलियाहरु सूचना प्रविधिको व्यापारमा लागे । उनीहरुले नै विद्यालयमा सूचना प्रविधि (आईटी) ल्याब निर्माण गर्नेदेखि नेपाल दूरसञ्चार प्राधिकरणले डेढ अर्ब पर्ने उक्त आईटी ल्याबको ठेक्का पाए । यो टोली नेपाल टेलिकमको डाटा सेन्टर स्थापनाको गर्ने नाममा झण्डै ३० अर्बको खेलो फड्कोमा लागेको छ । यो धन्दाका पछाडिका मुख्य नायक हुन नविन तुलाधर तुलाधर । उनले हिमालयन होटलमा सचिवदेखि मन्त्रीसम्मलाई बोलाएर त्यहीँबाट सिंहदरबार चलाउँदै आएको चर्चा छ । कतिसम्म भने शहरी विकासका सचिव रमेश सिंहका लागि एउटा कोठा नै लिइएको छ । उनी अफिस समयभन्दा अरु बेला त्यही भेटिन्छन् । यस्तै नेपालका अन्य विचौलियाका रुपमा चिनिएका विशाल पण्डितले अनामनगरकै बुटिक होटल, बसेरा होटलमै बसेर सेटिङ गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *