काठमाडौं । तैचुप मैचुपको स्थितिले एमाले चल्दैछ । केन्द्रीय नेता कार्यकर्ताले विद्यालाई भेटघाट गरे कारबाहीमा पर्ने र पार्टी अध्यक्षले सुटुक्क भंगाल पुगेर २ घण्टा बिताउने । यो बेकाइदा अध्यक्ष ओलीको छ । ओलीलाई भएभरको जिम्मा दिएर पार्टी चल्दैन । ओली नेतृत्वको यो सरकारले जनताको वास्ता गर्दैन । एमालेमा प्रेम राई काठमाडौँ क्षेत्र नम्बर ३ का सांसद हुन् । उनलाई विद्याको पिएकै रुपमा लिइन्थ्यो । विद्या भण्डारीको लिगेसीले मन्त्री हुने विद्या भट्टराई, पृथ्वी सुब्बा, विष्णु पौडेलको पार्टीमा प्राप्त जिम्मेवारी ओलीको कृपाबाट प्राप्त हो भन्दा हुन्छ कि विद्याको कोटा ?
त्यसलाई त्यो दिए, उ त्यो पदमा छ भन्ने केपीको घमण्डलाई अरुले के गरे ओलीकै कृपाले पार्टी वरिष्ठ उपाध्यक्ष भएका ईश्वर पोखरेलको हकमा लागू हुन्छ । पार्टी सदस्य बनाएर एमालेमा संविधानसभा सांसद बनाएर अर्थ राज्यमन्त्रीको रुपमा पठाइएका ल्यारक्याल लामाले छलाङ मारेर माओवादी हुँदा ३५ लाख पचेकै हो । यस्ता धन्दा कति कति तर पनि सुशासन र समृद्धि प्रधानमन्त्री एवं पार्टी अध्यक्षको चाहना हटेको छैन । देखिने काम सरकारले नगरे पनि एमालेको हकमा अध्यक्षले गरेकै छन् ।