बजेट सक्न जम्बो सरकारी टोली मालदिभ्स भ्रमणमा

समाचार

काठमाडौं । आर्थिक बर्षको अन्त्य,बजेट सिद्धाउने अनेकन खेलोमेलो । यस्तै खेलोमा सरिक भए एक जना कर्मचारी संगठनका नेता । उनी अनावश्यक राज्यको सम्पत्तिको दोहन गर्दै असारको अन्तिम साता माल्दिभ्स पुगे । र त्यहाँ जानुको कारण चाहिँ रोचक र हाँसो लाग्दो छ । अघिल्लो साता माल्दिभ्स पुगेर फर्किएको नेपाली टोलीले त्यहाँका पर्यटन मन्त्री डा.अब्दुल्ला मौसमलाई नेपालको एउटा ढुंगो उपहार दिएर फर्किएको छ । अर्थात त्यही ढुंगो उपहार दिन नेपालको पर्यटन मन्त्रालयको एक टोली माल्दिभ्स पुगेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा. सुरेशसुरस श्रेष्ठ नेतृत्वको टोलीमा नेकपा एकीकृत समाजवादी निकट तथा निजामती कर्मचारी संगठनका पूर्वअध्यक्ष मोहन घिमिरेका अलवा हरि राईसहित जम्मो टोली रहेको थियो । यो टोलीले त्यहाँ पुगेर पर्यटनमन्त्रीलाई सगरमाथाको ढुंगो उपहार दिएर फर्किएको हो । त्यो त विदेश भ्रमणमा जाने एउटा बहाना मात्र हो । सरकार आफैँले राज्यको ढुकुटीको मितव्ययीता, अत्यावश्यक कामबाहेक बाहिर जान बन्देज गरेको छ । तर, आर्थिक वर्षको अन्त्यमा पर्यटन मन्त्रालयको संस्कृति महाशाखाका सहसचिवको टोली भने सगरमाथाको ढुंगा लिएर माल्दिभ्स भ्रमणमा पुगेर एक साता त्यतै रोमान्स गरेर नेपाल फर्किएका हुन । घिमिरेले माल्दिभ्स पुगेपछि दैनिकजसो मस्ती गरिरहेको तस्वीर पोष्ट गरेको दृश्य उनको सामाजिक सञ्जाल नियाल्दा देख्न सकिन्छ । घिमिरे ति व्यक्ति हुन् जो विभिन्न समयमा पटकपटक विदेश भ्रमण गइरहन्छन् । पर्यटन मन्त्रालयमा १५ वर्षदेखि राज गर्दै आएको उनी मन्त्रालयमा काम होइन नेतागिरी गर्छन् । कर्मचारीको सरुवा बढुवा गरेर आफू मन्त्रालयमै रमाउने उनी गाडी चढ्छन् जबकि सहसचिवले कार चढ्ने हैसियत राख्दैन ।नियमअनुसार सहसचिव र सो भन्दा माथिको कर्मचारीलाई गाडी सुविधा हुन्छ तर अधिकृत तहका घिमिरे भने सरकारी गाडीमा हुइँकिन्छन् । उनको फेसबुक चहार्दा यस्तो लाग्छ– सरकारी कर्मचारी भनेको काम गर्ने होइन खाली घुम्ने, नेतागिरी गर्ने नै रहेछ ! सरुवा बढुवा भएपछि निकट कर्मचारी खुसी पार्ने र माथिल्लो ओहोदामा सेटिङ मिलाएर आफू पनि मन्त्रालयमै घुम्ने मोहनको काइदा मन्त्रालय पुग्ने जोकोहीले देख्न पाइन्छ । अहिले माल्दिभ्स पुगेको यहिँ घिमिरे सम्मिलित टोलीको उद्धेश्य हो– पर्यटन प्रवद्र्धन । अझ भनौँ सगरमाथाको ढुंगो पुर्याएर नेपाल र माल्दिभ्सबीचको मित्रतालाई अझ दरिलो बनाउने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *