काठमाडौं । नेकपा एमालेको साथ पाएको राप्रपाले ०७९ को चुनावमा पाएको जनमत अब छैन । एमाले एक्लै चुनावमा जाँदैछ । माओवादी र समाजवादी एक भएका छन् । साना वाम पार्टी पनि एक भएका छन् । तर, नेत्रविक्रम चन्द र जनार्दन शर्माले पार्टी एक बनाएनन् । डा. बाबुराम समाजवादी, जसपा हुँदै फेरि लोकतन्त्र र समाजवादको वकालत गर्छ । राप्रपाले राजासहितको प्रजातन्त्र खोजेको छ । तर, राप्रपाभित्र एकले अर्काको अस्तित्व स्वीकार्न नसक्ने बनाएको छ ।
पूर्वराजा ज्ञानेन्द्रले पनि मिलाउन सकेनन् । कमल थापा फरक पार्टीमा भए पनि राप्रपा राजावादी भएका छन् । धवल शमशेर राणा, विक्रम पाण्डे, भुवन पाठकको टोली एउटा टीम बन्दै छ । बुढा नेताहरु पशुपति शमशेर राण, डा. प्रकाशचन्द्र लोहनी र बुद्धिमान तामाङ्गहरु सकृय हुने वस्था छैन । अध्यक्ष राजेन्द्र लिङदेलनको व्यवहार सहयात्रीसँग जोडिने भन्दा भाँड्नमो छ । हिजो राप्रपालाई एमालेले झापा ३, चितवन ३, रुपन्देही २, बाँके ३, र पश्चिम नवलपरासी ४ छाड्यो । तर, मकवानपुरबाट विनोद सिंह र जुम्लाबाट ज्ञानेन्द्र शाही निर्वाचित भए ।
अब राप्रपाको त्यो शक्ति टिक्दैन । किन कि यो समूहमा एकता छैन । पूर्वराजाका विश्वपास यो पार्टीले जोगाउन सकेन । राप्रपाको नेतृत्व आपसी एकताबाट टाढिएर नवराज सुवेदीहरु राजा ल्याउन सडकमा आए पनि अहिले पार्टीले खेदेको छ ।

