सरकारी जागिर खानुको मज्जा

समाचार

काठमाडौं । जताततै भ्रष्टाचार बढेको छ, यस्तै बेरुजुको चाङ बढेको छ । आर्थिक वर्ष सकिएको छ । चेक काट्ने काम र खातामा पैसा हाल्ने काम सम्पन्न भएको छ । कोलेनिकामा अर्बौं रुपैयाँको भुक्तानीको लागि चाङ लागेको थियो । तर सिस्टमले काम गरेको छैन । अहिले सिस्टम ह्याङ गरेर सिस्टमले काम नगरेको भन्दै लेखा अधिकृतलाई कोलेनिका कर्मचारीले भन्ने गरेका छन् । जागिर खानु त सरकारी रहेछ । सरकारी जागिर खाएपछि कार्यालयमा महिनाको एकपटक हाजिर गरे पुग्छ । महिना दिन बितेपछि तलब खातामा जम्मा हुन्छ । जागिर खाएपछि भत्ता पाइन्छ । ओटी पाइन्छ, विदेश घुम्न जान पाइन्छ, बैठक भत्ता पाइन्छ । एसीमा बस्न पाइन्छ, गाडी चढ्न पाइन्छ, मालदार ठाउँमा बस्न पाइन्छ, मन्त्रीलाई छल्न पाइन्छ, सुरासुन्दरी घुमाउन पाइन्छ । विदेश भ्रमण जान पाइन्छ । सुत्केरी भत्ता पाइन्छ, तेल हाल्न पाइन्छ । गाडी फेरी फेरी चढ्न पायन्छ । घर विदा पाइन्छ । बिरामी विदा, भैपरी आउने बिदा पाइन्छ । कर्मचारी संगठनको या अन्य विभागको प्रमुख हुन पाइन्छ । सिस्टमअनुसार पैसा आइहाल्छ । कहिलेकाँही भैपरी विदाको पैसा कहिले फिल्ड भत्ता, कहिले निरीक्षण भत्ता, कहिले स्टेशनरी खरिद, कहिले गाडी किन्दासम्मको कमिसन यस्तै भन्सार, राजस्व, कर कार्यालय, मालपोत, नापी, कम्पनी रजिष्ट्रार, उद्योग मन्त्रालय, उद्योग विभाग, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, वैदेशिक रोजगार विभाग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नगरपालिका, गाउँपालिकाको कार्यालय, पर्यटन मन्त्रालय, पर्यटन विभाग, भन्सारदेखि सबै ठाउँमा बस्न पाइन्छ । फेरी फेरी मोजमस्ती गर्न पाइन्छ । जागिर खाएको १० वर्ष भित्रमा काठमाडौं उपत्यकाभित्र घरको बंगला, गाडी, पजेरो र नोकर चाकर राख्न पाइन्छ । श्रीमान एउटा मन्त्रालयमा श्रीमती अर्काे मन्त्रालय, विभााग या आयोजनामा बसेका छन् ।
छोराछोरी, श्रीमती, सालासाली, भेना, जेठानलाई सरकारी कार्यालयमा कम्पनी खोल्न लगाएर सामान सप्लाई गर्न लगाएकै छन् । कम्पनी खोलेर ठेक्कापट्टा दिएकै छन् । सरकारी काम सकभर आफ्नै नातागोता मिलाएकै छन् । सरकारी सेवामा करार या ज्यालादारीमा छोराछोरी, श्रीमती, भाइभतिजा, काका काकी आफन्तलाई जागिर दिएकै छन् । दशैं खर्च लिएकै छन् । जग्गा किन्ने पैसा ऋण लिएकै छन् । घर बनाउने पैसा ऋण लिएकै छन् । गाडी किन्न सापटी लिएकै छन् । उपचार खर्च लिएकै छन् । राजनीतिक दलको सरकार फेरिएसँगै सरकारी कार्यालय फेरेकै छन् । राजनीतिक दलको नाम भजाएकै छन् । पार्टी सदस्यता लिएकै छन् । सातवटा प्रदेश र स्थानीय निकायमा घुमेकै छन् । महंगी भत्ता खाएकै छन् । यसरी राज्यको सम्पत्तिामा कर्मचारीले खेल्दै आएका छन् । नीति नियम कर्मचारीमा लागु भएको छैन ।
नीति नियम भएको भए अर्थ मन्त्रालयका सचिव मधु मरासिनीले मन्त्रीलाई घुमाउने थिएन । मन्त्रीलाई घुमाई फाइदा लिएकै छन् । अर्थमन्त्रीले राजीनामा दिएका छन् । अर्थमन्त्री छानबिनमा परेका छन् । अर्थसचिव रमाएकै छन् । जागिरे जीवनमा मधु मरासिनी राजश्व कार्यालयभन्दा अन्य क्षेत्रमा गएका छैनन् । विदेश घुमेका छन्, अमेरिकादेखि अन्य मुलुक भ्रमण गरेका छन् । मालपानी र डलर कमाएकै छन् । अर्बाैंको सम्पत्ति जोडेकै छन् । माओवादी नेतालाई प्रयोग गरेकै छन् । यस्तै अर्थसचिव मधु मरासिनीले उच्च घरानाका व्यक्तिलाई प्रयोग गरेकै छन् । तर विभिन्न मन्त्रालयमा बसी पुस्तौं पुस्तालाई पुग्ने कमाई गरेकै छन् । गए मन्त्रीको जागिर जान्छ, तर सचिवको जागिर जाँदैन । हदै भए कारबाही गर्ने त हो । कारबाहीबाट बचेसँगै यस्ता मन्त्री र प्रधानमन्त्रीलाई घुमाउने सचिवले नै हो । नेपालको अर्थतन्त्र जता गएपनि के फरक पर्छ र । पेन्सन आइहाल्छ, पुस्तौं पुस्तालाई पुग्ने कमाई गरिएकै छ । सचिवबाट अवकाश भएपछि एउटा पार्टी प्रयोग ग¥यो, राजनैतिक नियुक्त खायो, क्या मज्जा ।
यसरी राज्यको सम्पत्ति माथि कर्मचारी खेल्ने गरेका छन् । कतिपय कर्मचारी तलबको भरमा बाँचिरहेका छन् । कतिपय कर्मचारीले भने मोजमस्ती, एैस आराम गरिराखेका छन् । यस्ता कर्मचारीलाई सरकारले न त छानबिन गर्छ, न कारबाही गरेको छ । सरकारले कारबाहीको दायरामा ल्याउनुपर्ने देखिन्छ । कतिपय कर्मचारी नेताले यसो गरिराखेका छन् । कर्मचारीलाई भजाएर खान पल्केका कर्मचारी नेतादेखि कर्मचारीभित्र बिचौलिया खेल्ने गरेका छन् । अधिकाशं कर्मचारी नेताले प्रेमिका समेत राख्ने गरेको समाचार स्रोतले बताउँछ । कर्मचारी नेतालाई रिझाउनुपर्ने र सचिवलाई समेत रिझाउनुपर्ने भएको छ । यदि सचिव र कर्मचारी नेतालाई रिझाउन सकिएन भने कर्मचारीले भने के ठाउँमा जान पाउने छैन र कर्मचारीले भनेको बेलामा विदामा बस्न र सरुवा हुन पाउँदैन । घरायसी कामको बेलामा विदा समेत पाउने गरेका छैनन् । यदि कार्यालयका प्रमुख, सचिव र कर्मचारी नेतालाई खुसी पारेमा भनेको बेलामा विदा दिने र बेला मौकामा घुमघाममा जान पाइन्छ । साना कर्मचारीले माथिल्लो निकायलाई रिझाउनुपर्छ र उनीहरुको काम हुन्छ, नत्र हुँदैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *