सिडिओ, प्रहरी, सहकारी वकिलबिच साँठगाँठ निर्दाेष व्यक्ति जेलमा, अन्य थुनामुक्त

राजनीति समाचार

काठमाडौं । राजनीतिक दलको कारण व्यापक रुपमा बिचौलिया हावी भएका छन् । नेपालको राजनीतिक तरल अवस्थाको कारण जताततै बिचौलियाले खेलिराखेका छन् । अहिले सबैभन्दा बढी बिचौलिया खेल्ने ठाउँ भएको छ ।

सिडिओ कार्यालय, जिल्ला अदालत र प्रहरी कार्यालयमा बिचौलियाले खेल्ने ठाउँ पाएका छन् । कतिपय मुद्दा मामिलादेखि चोरीका घटना, बलात्कार, ज्यानमुद्दा, लागुऔषधदेखि जुवातास, बालबालिका बेचबिखनसम्मको घटनामा बिचौलियाले खेल्न थालेका छन् ।

अधिकाशं सिडिओ, सरकारी वकिलको कार्यालय, जिल्ला अदालतका न्यायाधीश, प्रहरीबिच समन्वय गरी अधिकाशं ज्यानमुद्दा देखि बलात्कार, मानव बेचबिखनमा बिचौलियाले खेल्न लागिपरेका छन् । बिचौलियाले गर्दाखेरी फटाहाजतिलाई चोख्याउने र सोझा साझा जनतालाई फसाउने गरेका छन् । जो चोर उसेको ठूलो स्वर भएको छ ।

पाकेटमारा, बलात्कारी, ठगी र ज्यानमाराहरुलाइ उन्मुक्ति दिने गरेको समाचार स्रोतले बताउने गरेको छ । अहिले तीन तहको सरकार सञ्चालनमा रहेता पनि अधिकाशं जिल्लाका सिडिओदेखि अधिकाशं प्रदेश प्रहरी र स्थानीय सरकारबिच विभिन्न मुद्दा लागेका व्यक्तिलाई जोगाउन र सोझासाझा र सोर्सफोर्स नभएका व्यक्तिलाई फसाउने गरेका छन् ।

अहिले अधिकाशं जिल्ला प्रशासन कार्यालयमा प्रहरीले थुनुवा लिएर जिल्ला प्रशासन कार्यालय पुग्ने गरेको छ । तर कहिले सरकारी वकिलको कारण, कहिले सिडिओको कारण, कहिले प्रहरीको कारण देखाएर विभिन्न घटनामा प्रहरीले समातेका व्यक्तिलाई हैरान पारेका छन् ।

प्रहरीले थुनामा राखेका व्यक्तिलाई अनुसनधान गर्दै म्याद थप गरिराखेको छ । सिडिओ कार्यालयका कर्मचारी, सरकारी वकिल र प्रहरीबिच साँठगाँठ गरी करोडौं असुल्ने गरेको समाचार सुत्रले बताउने गरेको छ ।

अहिले काठमाडौंको घनाबस्तीमा प्रायजसो चोरी, बलात्कार, पाकेटमार, यौनधन्दा सञ्चालन गर्ने, जुवातास खेलाउने, लागुऔषध ओसारपसार गर्ने, ज्यान मार्ने, हात हतियार ओसारपसार गर्नेजस्ता मुद्दामा सिडिओ, प्रहरी, सरकाारी वकिलको मिलेमतोमा बिचौलियाले खेलिराखेका छन् ।

काठमाडौं, भक्तपुर, ललितपुर, बौद्ध, गौशाला, कालीमाटी वृत्त, बालाजु बसपार्क, साँखु, महाराजगंज, सोह्रखुट्टे, कोटेश्वर, बानेश्वर क्षेत्रभित्र पक्राउ परेका व्यक्तिलाई प्रहरी हिरासतमा राख्ने गरिन्छ । प्रहरीले म्याद थप्दै अनुसन्धानको लागि भन्दै म्याद थप गरिरहेका छन् । मुद्दा फाँटका प्रहरी, जिल्ला न्यायाधीश, सरकारी वकिलको कार्यालय, जिल्ला प्रशासन कार्यालयका कर्मचारी, सिडिओसम्मलाई प्रभावमा पारेर बिचौलियाले खेल्न थालेका छन् ।

यस्तो विषयमा सरकारले अनुगमन गरी छानबिन गर्नुपर्नेमा गरिएको छैन । राजनीतिक पार्टीका कार्यकर्ता भए जोगाउने काम राजनीतिक दलका नेता र मन्त्रीले गर्ने गरेका छन् । राजनीतिक दल बिनाका र स्वतन्त्र जीवन बिताएका नेपाली भने फन्दामा फस्ने गरेका छन् । उनीहरुलाई झुटा मुद्दा चलाएर फसाउने गरेको बताइन्छ ।

पीडितलाई झन् पीडित बनाउने गरेको देखिन्छ । यस्ता घटना काठमाडौंमा मात्र नभएर ७७ जिल्ला, प्रदेश कार्यालयमा बिचौलियाले खेल्न थालेका छन् । यस्तो गम्भीर विषयका मुद्दा मामिलामा राज्यले सोच्नुपर्ने भएको छ । यस्ता नचाहिंदो धन्दामा संलग्न बिचौलियालाई कारबाहीको दायरामा ल्याउनुपर्ने देखिन्छ । सरकारले अनुगमन गरेर दोषी माथि कारबाही गर्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *