सरकारी कार्यालयमा छैन रेकर्ड, सरकारी कागजात बिचौलियाको हातमा

समाचार

काठमाडौं । आर्थिक वष्र्या लागेको सरकारले २०७९÷८० को बजेट सार्वजनिक गरेको २ महिना पुग्न लागेको छ । साउन १५ गते दुई महिना पुग्दैछ । व्यापारीले कालोबजार चलाउँदैछन् । सरकारले बजार अनुगमन गरेको छैन । बजार मूल्य आकासिँदै गएको छ । खाद्यान्नदेखि लत्ताकपडा तरकारीदेखि यावत सामानको मूल्य बढेको छ । व्यापारीले मूल्य बढाएको छन् । चिया पसले चियाको मूल्य बढाएका छन् । कपाल काट्ने हजामलेसमेत मूल्य बढाएका छन् । सरकार छ कि छैन । नेपािली जनतालाई अनुभव छैन । हुँदा हुँदा यातायात व्यवसायीले गाडी भाडासमेत बढाएका छन् । यातायातको भाडा बढाएपनि खास भाडा कति हो जनतालाई जानकारी छैन । यातायातको भाडा बढेपनि बजारमा पेट्रोल, डिजेल बढेपछि यातायात बढाएको जनताले स्वीकार गरेका छन् । तर सरकारले अनुगमन गरेको छैन । न यातायात व्यवस्था विभागले गरेको छ । न त नेपाल ट्राफिक प्रहरीले अनुगमन गरेको छ । यातायात व्यवसायी महासंघले मनलाग्दी भाडा बढाएका छन् । यातायात महासंघले मनलाग्दी भाडा बढाएपनि यसको छानबिन कुनैपनि निकायले गरेको छैन । अहिले पेट्रोल डिजेलबाट चल्ने यातायत व्यवसायीले भाडा त बढाए तर ब्याट्रीबाट चल्ने सफा टेम्पु ग्यासबाट चल्ने निलो माइक्रोबस र सफा ट्याम्पोले मनलाग्दी भाडा बढाएका छन् भने सफा टेम्पो व्याट्री चार्ज गरेपछि चल्ने साधन हो भने निलो माइक्रो, टेम्पो ग्याँसबाट चल्ने सवारी हुन् तर ग्याँसबाट चल्ने साधनमा मनलाग्दी भाडा असुलेका छन् । सफा टेम्पुले मनलाग्दी भाडा असुलेका छन् । सरकारले भन्ने गरेको छ, बिजुलीबाट यातायात चलाउन सकिन्छ र ब्याट्रबाट सञ्चालन गर्ने गाडी सजिलै र सर्वसुलभमा नेपाली यात्रुलाई सेवा दिन सकिन्छ भन्दै इलेक्ट्रिक गाडी संचालकमा ल्याएको छ । तर सो यातायात व्यवसायीले मनलाग्दी भाडा असुलेका छन् । सरकारले भन्दैछ २०२८ सम्ममा पेट्रोल, डिजेलबाट चल्ने सवारी साधनको अन्त्य गर्ने भनिरहँदा व्यापारी र विद्युतीय चार्जबाट चल्द्यने नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले मनलाग्दी भाडा बढाएको छ । चालकले पनि मनलाग्दी भाडा असुलेका छन् । ५ दलीय सरकारले यसको छानबिन गरेको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले समेत ध्यान दिएका छैनन् । सरकारले यस्ता विषयमा अनुगमन गरेको छैन । जसले जे गरेपनि यो देशमा सरकार छ कि छैन, नेपाली जनतालाई अनुभव छैन । यस्तै यातायात चढ्नको लागि नेपाली जनताले सास्ती खेप्दै आएका छन् । ट्राफिक प्रहरी प्रमुख फेरिएसँगै नियम फेरिन्छ, तर जनताले सेवा सुविधा पाएका छैनन् । ट्राफिक प्रहरीले नारा चाहिं राम्रो ल्याउँछ तर व्यवहारमा लागु गरेको पाइँदैन । ट्राफिक प्रहरीले कसरी कमाई गर्न सकिन्छ, यसैको खेलोमेलोमा लागिपरेको छ ।
ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले अनुगमन गरेको छैन । यातायात व्यवसायीले कति यात्रु गाडीमा राख्ने कति राख्न पाइन्छ । यस्ता कुरामा राज्यले ध्यान दिएको छैन । अहिले यात्रुलाई गाडी चढ्न र ओराल्न समस्या परेको छ । अहिले विभिन्न स्थानमा गाडी पार्किङ गरिएतापनि यात्रुलाई समस्या भएको छ । नेपाल एयरलाइन्सबाट सिधै लैनचौर जानुपरेको छ । यस्तै भुकृटीमण्डप ओराल्ने यात्रुलाई जमलमा छाडिन्छ । यस्तै समस्याले यात्रुको बेहाल भएको छ । त्यतिमात्र नभएर बुढाबुढी, नाबालक, केटाकेटी, दृष्टिविहीन, अपांगता भएका व्यक्तिलाई समस्या परेको छ । अहिले सबै राजनीतिक पार्टीको आस्था भएकाले सञ्चालन गरेको यातायात व्यवसायीले नेपाली दाजुभाई दिदीबहिनी, बाबुआमाले यात्रा गर्न सजिलो छैन । ट्राफिक प्रहरी फेरिएसँगै नियम कानून फेरिन्छ तर लागु गरेको छैन । सरकार फेरिएसँगै एटा सरकारले एउटा नीति ल्याउँछ, तर लागु गरेको पाइँदैन । लगाु गराउन बिचौलियाले दिने गरेका छैन । बिचमा बिचौलियाले खेल्ने गरेका छन् । अहिले यातायात कार्यालयमा भिडभाड बढेको छ । सबै नेपाली सेवाग्राही तातो घाममा छटपटाएका छन् । यातायात कार्यालयमा भिडलाग्ने गरेको छ । बिचौलिया छरपस्ट रहेका छन् । सेवाग्राहीले बिचौलिया छान्दा छान्दा हैरान भएका छन् । सेवाग्राहीलाई छान्नै मु्स्किल भएको छ । सरकारी कार्यालयको ढड्डा र सेवाग्राहीको जन्मकुण्डली बिचौलियासँग छ । तर सरकारी कार्यालयका कर्मचारी र सरकारी कार्यालयको कम्युटर प्रणालीमा छैन । सबै बिचौलियाको हात हातमा कसको जन्मथलो र कसको नागरिकता, कसको ठेगानादेखि बाबुबाजेसम्मको तीनपुस्ते बिचौलियाको हातमा रहेको छ । सबै क्षेत्रमा बिचौलिया चलायमान भएका छन् । बिचौलियासँग सम्बन्ध गाँसिएको छैन भने सेवाग्राहीले सेवा लिन सक्दैन । अहिले यातायात क्षेत्र दूरगामी बनेको छ । यातायातमा विभिन्न खाले व्यक्ति, बिचौलिया बनेका छन् । यिनै बिचौलिया र सेवाग्राहीले सेवा लिएका छन् । बिचौलिया बिना सेवग्राहीले काम लिन सक्दैनन् । सेवाग्राहीले भेउ पाउन सक्दैन । सबै क्षेत्र बिचौलियाले चलाएका छन् । बिचौलिया कर्मचारी बनेका छन् भने कर्मचारी घुमफिरदेखि एसआराममा बस्ने गरेका छन् । बिचौलिया सरकारी कार्यालयका कर्मचारीले प्रयोग गरेका छन् र बिचौलियाले बेलुका भएपछि सुरा सुन्दरीदेखि पैसाको हिसाबकिताब सबै मिलाएर कर्मचारी दिनुपर्दछ । जागिर खाएका कर्मचारी बिचौलियाको विश्वासमा काम गर्ने गरेका छन् । बिचौलिया बिना कर्मचारीले काम गर्न सक्दैनन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *