नेपालीलाई अल्पमतमा पार्ने एउटा अर्को षड्यन्त्र

समाचार

सम्पादकीय

विबादको कारण लामो समयदेखि संसदमा थन्किएर बसेको र कुनै पनि सरकारले अगाडी बढाउने हिम्मत नगरेका नागरिकता सम्बधी विधेयकलाई चार दल नेपाली कांग्रेस, माओबादी केन्द्र, एकीकृत समाजबादी र जनता समाजबादीको संयुक्त सरकारले अगाडी बढाएको छ र आफ्नै पार्टीमा सांसदको विरोधलाई समेत मध्यनजर गर्दै गत शुक्रबार संसदबाट बहुमतबाट पास गराएको छ । नागरिकता सम्बन्धी यो विधयक प्रति भएको चर्को विरोधको सामना गर्न नसक्ने भएकै कारणले गर्दा सरकारले यो विधेयकलाई छलफलका निम्ति संसदको राज्य व्यबस्था समितिमा लैजाने हिम्मत समेत गरेन ।
नागरिकता सम्बन्धी यो विधेयकको तयारी नै भारतको स्वार्थका लागि भएको यसमा समेटिएका कतिपय अन्तरबस्तुले नै प्रष्ट पार्दछ । नागकिता सम्बन्धी यो विधेयक अगाडी बढाउने नियत नै भारतीय स्वार्थबाट पे्ररित भएर रहेको प्रष्ट देखिन्छ । यो विधेयक कानुन भएपछि नेपाली नेपालमा अल्पमतमा जाने नेपाल फिजी हुने क्रम तीव्र रुपमा अगाडी बढने छ र नेपाली अल्पमतमा पर्न गएर हिन्द महासागरको एउटा सानो टापु राष्ट्र फिजीमा जस्तै भारतीय मुलको एउटा महेन्द्र सिंहको उदय हुनेछ भने नेपालमा भारतीय चलीहरुको रजगज पनि त्यसै गरी बढेर जाने छ । किनभने यो विधेयक कानुन भएपछि विबाह गरेर आउने विदेशी चेलीले एक मिनेट पनि नपर्खी नेपालको नागरिकता प्राप्त गर्ने छन् ।
विश्वको कुनै पनि मुलुकमा विबाह गरेर आउने विदेशी बुहारीलाई सजिलैसंग नागरिकता उपलब्ध गराईदैन भारतमा नागरिकता प्राप्त गर्न विदेशी बुहारीले आठ बर्ष पर्खिनु पर्छ भने भटानमा दुईवटा बच्चा जन्मिनु पर्दछ । तर कानुन बन्ने प्रक्रियामा रहेको विधेयकले भने विबाह गरे लगत्तै विदेशी बुहारीलाई नेपालको नागरिकता दिने ब्यवस्था गरिएको छ । यो ब्यबस्था नेपालीका लागि नभएर खास गरेर भारतीय स्वार्थका लागि गरिएको हो । यही कारणले गर्दा सच्चा नेपालीले यो देशघाती विधेयकको चर्को विरोध गरी राखेका छन् । यसैगरी सरकारमा रहेका दल तथा नेताहरु भने यो विधेयकको प्रतिरक्षा मात्र गरी राखेका छैनन् की चाँडो भन्दा चाँडो प्रक्रिया पु¥याएर कानुनमा रुपान्तरण गरेर नेपालको नागरिकता सबै विदेशीका लागि खुल्ला गर्ने वातावरण बनाउनेतिर लागि परेका छन् । यो मामिलामा राष्ट्रियताको चर्को गीत गाउने गठबन्धन पार्टीका नेता र गठबन्धन सरकारले नागरिकता सम्बन्धी कानुन बनाउन जोडतोडले लागि परिराखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *