टेलिकममा गुणस्तरहीन सामानको प्रयोग

समाचार

काठमाडौं । नेपाल टेलिकमका कर्मचारीहरुमा समन्वयकारी भूमिका नहुँदा आयोजना कार्यान्वयन विभागले गर्दै आएको छ । देशभरी डक्टिङ बिछ्याउने काममा समस्या देखिएको छ । ठूलो टेण्डर निकालेर ठेक्का लगाउने र कमिसन खाने गरेका छन् । सानो सानो कोटेशन बनाएर कोटेशनमा आ–आफ्ना मान्छेलाई काम दिने गरेको सूचना निकालिन्छ । कोटेशन दिने र तोकिएको मापदण्ड अनुसार निर्माण गुणस्तरहीन नबनाई कमसल काम गरी मिलेमतोमा भुक्तानी दिएर कमिसन खाने काम भइरहेको स्रोतले बताउँछ । आर्थिक अनियमितता, गुणस्तरहीन काम भएको बताइन्छ । यस्तै विभिन्न निर्देशनालय र आयोजना निर्देशनालयदेखि दशौं तहका कर्मचारी, इन्जीनियर, वरिष्ठ इन्जीनियर, अधिकृतलगायत कर्मचारी ह्याण्डल मेन्टिनेन्स वर्कस् अन्तर्गत डक्टिङ बिछ्याउने कार्यमा करोडौं भ्रष्टाचार गरेको आरोप छ । आयोजनाका कर्मचारीको मिलेमतोमा गुणस्तरहीन काम भइरहेको छ । कोटेशनमा ठेक्का पाएका कम्पनी र फर्मले डक्टिङ पाइप बिछ्याउँदा निर्माण मापदण्ड अनुसार एक मिटर गहिरो खन्जनुपर्ने मापदण्ड हुन्छ र आधा पनि खानेको हुँदेन । पाइप बिछ्याउँदा पाइपको ४ इन्च तल पाइप राखी बालुवा र माटोले पाइप बिच्छ्याईसकेपछि ४ इन्च राखेर पाइप छोप्नुपर्ने हुन्छ । तर कोटेशन लिएका निर्माण कम्पनी तथा फर्महरुले कमिसन बुझाएर नाफा निकाल्नुपर्ने भएको हुँदा माटोले नै डक्टिङ पाइप र खाल्डो पुरेको पाइएको छ । च्याम्बरको निर्माण गर्दा पनि डण्डी, गिट्टी, बालुवा र ओपिसी सिमेन्ट राखी ढलान आरकेसीले गर्नुपर्ने मापददण्ड भएपनि कवाडीबाट टुक्रा डण्डी खरिद गरी गिटी, बालुवा र पिपिसी सिमेन्ट राखी गुणस्तरहीन चेम्बर बनाउँदै आएका छन् । यस्तो विषयमा टेलिकमको ध्यान पुगेको छैन र अनुगमन पनि हुन सकेको छैन । अन्य प्राविधिक इन्जीनियरहरुले कामको अनुगमन निरीक्षण नै नगरी ४० प्रतिशत कमिसन घुस खाएर बिल भुक्तानी दिँदै आएको बताइन्छ । यस्ता विषयमा नेपाल टेलिकमले छानबिन गरेको छैन । नेपाल टेलिकमभित्र विभिन्न राजनीतिक कर्मचारी यूनियनबिचमा भागवण्डा मिलाउने र आफ्ना नातागोतालाई विभिन्न कामको टेण्डर दिने गरेका छन् । तर संचार मन्त्रीले टेलिकमलाई ध्यान दिएको देखिँदैन । टेलिकम दिनप्रतिदिन ओरालो लाग्दै गएको बताइन्छ । खासगरी ठूलो मात्रामा विज्ञापन खरिदमा भ्रष्टाचार हुने र रंगरोगन, मर्मत संभारदेखि तार बिछ्याउने काममा भ्रष्टाचार बढेर गएको देखिन्छ । टेलिकमको गुणस्तर पनि खस्किँदै गएको, इन्टरनेटे काम नगरेको, फोनाम कुरा गर्दा गर्दै टावर जाने समस्याले सताएको सेवाग्राहीको भनाई रहेको छ । यस्तै टेलिकमले फाइबर नेट जडान गरेपनि नेटले काम नगरेको बताइन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *