नेपाल प्रहरीमा चाप्लुसी र पैसाको खेल कहिलेसम्म ?

समाचार

काठमाडौं । नेपाल प्रहरीमा राजनीतिक दलको सरकर परिवर्तन भएदेखि नेपाल प्रहरीमा आईजीपी परिवर्तन हुने प्रावधान धेरै पहिलादेखि चल्दै आएको छ । गृहमन्त्री परिवर्तनसँगै आईजीपी परिवर्तन परिवर्तन हुने गरेका छन् । अहिलेसम्म नपाल प्रहरीमा भएका आईजीपी पनि निर्विवाद छैनन् । केही न केही विषयमा नेपाल प्रहरी विवादमा फस्ने गरेको छ । नेपाल प्रहरी मात्र विवादमा फस्ने गरेको छैन, गृहमन्त्रीसमेत विवादमा फस्ने गरेका छन् । नेपाल प्रहरी पनि चोखो छैन । प्रहरीले नेपालको राजनीतिक दललाई प्रयोग गरिराखेका छन् । राजनीतिक दलका मन्त्रीलाई प्रयोग गरी शक्ति केन्द्रमा पुग्ने गरेका छन् । प्रहरीलाई पनि राजनीतिक दलले केही न केही चिजमा प्रयोग गरिराखेका छन् । नेपाल प्रहरी जनताको प्रहरी बन्न सकेको छैन ।
राजनीतिक दलको कारण बद्नाम बन्दै गएको छ नेपाल प्रहरी । खासगरी प्रहरीले तस्कर, माफिया, व्यापारी, लागु औषध ओसारपसार, सुन व्यापारीसँग समन्वय गरी कमाउने धन्दा चलाएको छ । प्रहरी भित्र प्रहरीलाई चाहिने हातहतियार खरिद, गाडी खरिद, रासन खरिद, कपडा खरिद, जुत्ता खरिद, मिसनमा जाँदा सामान खरिददेखि इत्यादी सामान खरिदमा भ्रष्टाचार गर्ने गरेका छन् । यस्तै विभिन्न नाकामा गस्तै गर्दा भन्सार छली ल्याएको सामानमा कमिसनदेखि विभिन्न मुद्दाको विषयम छानबिन गर्दा मुद्दा शाखाका प्रहरी सुराकी गर्न प्रहरीले कमिसन लिने र चोरी गर्दा गर्दै पक्रेर ल्याएको व्यक्तिबाट समेत मोटो रकम असुल्ने गरेका छन् । यस्तै लागूऔषध ओसारपसार गर्ने व्यक्ति मोबाइल तस्कर गर्ने व्यक्तदेखि गस्तीमा गएका प्रहरीले सबै व्यापारीसित महिनावारी लिने गरेका छन् । एक सुत्रका अनुसार महिनावारी उठाउने, अस्पतालमा खटाउने र प्रहरीले दुर्घटना या भैपरी आउने समस्या जस्तालाई लिएर ज्यान मुद्दा, बलात्कार मुद्दा, चोरी मुद्दा, लागुऔषध मुद्दा, दुर्घटनाको मुद्दा, अपहरण मुद्दा इत्यादी मुद्दा मामिलाबाट प्रहरीले रकम उठाउने गरेको बताइन्छ । निर्दोषलाई कारबाही र दोषीलाई निर्दाेष बनाउने गरेका छन् । प्रहरीले यो बहाना, त्यो बहाना गरी पैसा असुल्दै आएको छ । प्रहरी बद्नाम हुँदै गएको छ । प्रहरी नेताको सुरक्षामा खटिने भएपछि प्रहरीले राजनीतिक दलका नेता र मन्त्रीलाई प्रयोग गरी मालदार ठाउँमा जान लागिपर्ने गरेका छन् । खासगरी एयरपोर्ट भन्सार, भैरहवा भन्सार, विरगंज भन्सार, रसुवा भन्सार, तातोपानी भन्सारजस्ता ठाउँमा प्रहरी जान मरिहत्ते गर्ने गरेका छन् । प्रहरी प्रशासन शाखालाई रिझाउनु पर्नेछ र एआईजी, डीआईजीको चाकडी गनुपर्ने छ । ठुला दर्जाका प्रहरीले राजनीतिक दलको सुरक्षामा खटिएका प्रहरीलाई रिझाउनुपर्छ ।
यसै बिचको सन्वयकारी भूमिका बनाएपछि प्रहरीले राम्रो स्थान पाउने र प्रहरीमा बढुवा खाने चलन छ । यदि सांसद र मन्त्रीको सुरक्षामा नखट्ने र डीआईजी एआईजी, एसएसपीको चाकडी नगर्ने र मालपानी दिन नसक्ने प्रहरी भन्सार कार्यालयमा जान पाउँदैनन् । सिपाहीदेहि हवल्दार, सई, असई, निरीक्षकले ठूला ओहदाका प्रहरीलाई चाकडी र दाम बुझाउन नसकेमा बढुवा हुन पाउने छैनन् । त्यसैकारण पनि नेपाल प्रहरीमा शान्ति सुरक्षा फितलो हुने गरेको बताइन्छ । प्रहरीले जल्दोबल्दो समस्यालाई ध्यान दिँदैन । कताबाट कमाई हुन्छ भन्नेतिर लाग्छ । घटना लुकाउने गरिन्छ । व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन सक्दैन र प्रहरीमा विवाद भइरहने गरेको छ । राजनीति कदलका नेताले भ्रष्टाचारी र गद्दारी गर्ने दाम दिने चाकडी गर्ने प्रहरीलाई बढुवामा सिफारिस गरिन्छ भने राजनीतिक दलको चाकडी नगर्ने र दाम दिन नसक्ने प्रहरी बढुवा र मालदार ठाउँमा सरुवा हुन सक्दैन । त्यसैले सँधै प्रहरीमा विवाद आउने गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *