‘अब नागरिकता नपाए नेपाल आउनु’

समाचार

काठमाडौं । राजतन्त्र हुदासम्म यो मुलुकमा न्याय नपाए, गोर्खा जानु भन्ने उखान नेपाली समाजमा निक्कै लोकप्रिय थियो । तर राजतन्त्र ढलेसंगै यो उखान पनि कुना पसेको थियो । तर समयको चक्रमा यो उखान फेरि नेपाली जनताको जिब्रोमा जोडिन आई पुगेको छ । गत शुक्रबार सरकारले प्रतिनिधि बैठकमा नागरिकता सम्बन्धी विधेयक पेश गरेपछि नागरिकता नपाए नेपाल जानु भन्ने कहावत फेरि लोकप्रिय भएको हो । किनभने खास गरेर नेपालको नागरिकता लिन चाहने भारतीयलाई नेपालको नागरिकता पान भन्दा सजिलो हुने ब्यबस्था यो विधेयकले गरेको छ ।
त्यसमा पनि बिबाह गरेर नेपाल आउने भारतीय चेलीले माईतबाट ल्याएको कोशेलीको पोको फुकाउनु अगाडी नै नेपालको नागरिकता प्राप्त गर्ने ब्यबस्था गत शुक्रबार प्रतिनिधिसभाबाट पास भएको विधेयकले गरेको छ र अब यो विधयक कानुन भएपछि नागरिकता नपाए नेपाल जानु भन्ने गीत गाउदै नागरिकता लिन आउने छन् । आफ्ना नागरिकलाई विभिन्न बहानामा हुलेर नेपालमा नेपालीलाई टापु राष्ट्र फिजीमा जस्तै आफनो देशको मुललाई बहुमतमा पु¥याएर परोक्ष रुपमा शासन गर्ने भारतको नीति र नियत अनुसार नागरिकता सम्बधी यो विधेयकलाई अगाडी बढाएको देखिन्छ ।
यसैगरी माओबादी अध्यक्षले महिमा गाउने गरेको समानुपातिक निर्वाचन प्रणाली पनि भारतकै डिजाईनमा आएको देखिन्छ । किनभने खास गरेर तराईका बलिया नेताले आफु प्रत्येक्षबाट र भारतबाट विबाह गरेर ल्याएकी श्रीमतीलाई समानुपातिकबाट सांसद भागबण्डामा मन्त्री बनाउने प्रचलन लगभग स्थापित भएको छ र नागरिकता सम्बन्धी विधेयक कानुन बने पछि सिमावर्ती भारतीय भुमिमा नागरिकता नपाए नेपाल जानु भन्ने कहावत लोकप्रिय हुने स्थिति बन्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *