विदेश घुमघाममै राज्यको ३० करोड स्वाहा

समाचार

काठमाडौं । आफैले आफैलाई स्वागत तथा बधाई । त्यसका लागि झण्डै १५ लाख खर्च । यस्तो जात्रा देखिएको हो अस्ति वानेश्वरमा ।
साधरणतया कसैलाई स्वागत तथा बधाई दिने कार्यक्रमको आयोजना कुनै संघ संस्था वा अन्य व्यक्तिले गर्दछन् तर एक जना कुटनीति नियोगमा कार्यरत बरिष्ठले आफूले आफैंलाई स्वागत गर्ने तथा बधाइ थाप्ने कार्यक्रम राखे । यस्तो फण्डा मच्चाउने महामहिम हुन् दुर्गा बहादुर सुवेदी दुबसु । उनले आफू दोश्रो पटक राजदूत बनेको अबसरमा अस्ति ६ गते भव्य पार्टी दिए । थापागाउँस्थित वानेश्वर व्याक्केटमा आयोजित उक्त जाँड पार्टीमा धेरै सेलिव्रेटी,कर्मचारी,नेताहरुसम्म पुगे । त्यहाँ झण्डै १५ लाख खर्च भयो । यी यस्ता राजदूत हुन,जो दोश्रो पटक जापानको राजदूत हुँदा आफ्नो पत्रै गायब बनाए र आफ्ना दुई भाइ (जो परराष्ट्रमैं छन् ।)को बढुवा गर्ने धन्दामा लागे तर सफल हुन सकेनन् । दुबसुले आफ्ना भाइहरू कृष्ण सुवेदी (कृसु) र चक्र सुवेदीलाई उपसचिव बनाउने नाममा जथाभावी दरबन्दी थप्न प्रस्ताव गरेका छन् । यस्का लागि एउटा कमिटी समेत बनिसकेको छ ।
र अन्तत उनी विदेश उड्नु अघि काठमाडौंमा आफैंले आफ्नो स्वागतमा भव्य जाड पार्टी राखेका हुन । यस अघि बेलायतका राजदूत थिए उनी त्यहाँबाट फर्किए लगतै फेरि अर्काे देशको राजदूत हुने अबसर पाएका हुन । फष्ट लेडीजको चाकडी गरे वापत उनले यस पटक यो पुरस्कार पाएको परराष्ट्रतिर चर्चा छ । दुवसुलाई परराष्ट्र मन्त्रालयकै कर्मचारीहरु ‘डन’ कर्मचारीका रुपमा चिन्छन् । स्मरण रहोस उनी यस अघि बेलायतको राजदूत हुँदासार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहलगायतलाई बेलायत, फ्रान्स, जर्मनी लगायतका देश घुमाएर विदेशीस्थित नियोगमा कार्यरत परराष्ट्र कर्मचारी खाएको फर्जी औषधि उपचारसहितको भत्ता मिनाह गराउन सफल भएका थिए । दुबसुले समितिका सदस्यहरु प्रेमबहादुर आले, अमनलाल मोदी, चन्दा चौधरी, राजेन्द्रकुमार केसी र समितिका सचिव डा. रोजनाथ पाण्डे बेलायत, फ्रान्स, जर्मनी, ओमन, इन्डोनेसिया, साउदी अरबलगायतका मुलुकमा घुमाएर ३० करोड बढी फर्जी भत्ता मिनाह गराउने निर्णय गराउन सफल भएका थिए । यसरी राज्यलाई झण्डै ३० करोड बढी चुना लगाउन सफल उनै दुबसुले विदेश उड्नु अघि १५ लाख खर्चेर जाँडपानी खुवाए पनि त्यसको भुक्तानी परराष्ट्र मन्त्रालयबाटै गराउँछन् वा जापान दुतावासबाट गराउँछन् त्यो भने चासो र खोजीको बिषय हो ।
हाम्रा संसदीय सुनुवाई समिति,महालेखा,अख्तियारजस्ता निकायमा बस्ने कर्मचारी र माननीयहरुसमेत खान र घुम्न पाए पछि यस्ता भ्रष्टाचारको प्रकरणमा कसरी आँखा चिम्लन्छन् र सात खत माफी दिन्छन भन्ने यो त एउटा सानो उदाहरणमात्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *