नेपालमावहुदलपश्चात २०४८ सालमापहिलो पटकआमनिर्वाचनभएको थियो । लगत्तै २०४९ सालमा स्थानीयनिकायको निर्वाचनभयो । २०५१ सालमामद्यावधीनिर्वाचनभयो । २०५४ सालमा दोस्रो पटक स्थानीयनिकायहरुको निर्वाचनभयो । २०५६ सालमाआमनिर्वाचनभयो । त्यस पछि धेरै वर्ष निर्वाचनभएन । २०६४ सालमा संविधान सभाको निर्वाचनभयो तर नागरिकको घरदैलोका जनप्रतिनिधिहरु जुन स्थानीयनिकायकाहुने गर्दछन् त्यो चुनिने निर्वाचनभएन । २०७० सालमा दोस्रो पटक संविधान सभाको निर्वाचनभयो । २०७२ सालमा नेपालको नयाँ संविधानआएपछि २०७४ सालमा स्थानीयतह र आमनिर्वाचनभए । अहिले २०७९ मा स्थानीयतहको निर्वाचन सम्पन्न भैसकेको छ भने आमनिर्वाचनको संघारमाहामी रहेका छौं ।
यीनिर्वाचनहरु मध्ये अधिकांशमा नेकपाएमाले विजयभएको छ । त्यसैले पनि दोलखाको सन्दर्भमा समग्र विकासको जस र अपजस नेकपाएमालले नैं लिनु पर्दछ । विकासको अगुवाई जनप्रतिनिधिहरुले गरेका हुन् तर विकास गर्ने नागरिकहरु नैं हुन् । दोलखाको सन्दर्भमावहुदलपछिको निर्वाचन २०४८ को संसदीयनिर्वाचनमा दोलखावाटप्रतिनिधि सभामा २ जना नैं नेकपाएमालेका प्रतिनिधिहरु विजयीहुनु भएको थियो । त्यस पछि के कस्ता विकास भएवाउपलव्धीहरु हासिलभएभनी यस लेखमा लेखाजोखा गर्ने कोशिस गरिएको छ ।
विधुत् विकास तर्फ
२०४८ मा दोलखाजिल्लाकासिमित सहरी क्षेत्रमामात्रविद्युत सेवापहुँच रहेकोमाहाललगभगसतप्रतिशत घरधुरीमाविस्तार भइसकेको छ । स्वदेशीलगानीमानिर्माणभई विद्युतउत्पादनभएका राष्ट्रियजलविद्युतआयोजनामध्ये राष्ट्रि«य गौरवको हालसम्मकै ठुलो ४५६ मेगावाटक्षमताको माथिल्लो–तामाकोशीजलविद्युतआयोजनाबाटविजुलीउत्पादनहुनथालिसकेको छ । दोलखाको उत्तरी क्षेत्रको आर्थिक भौतिकतथा समाजिकविकासमाअतुलनीय योगदानपुगेको छ । उक्तआयोजनाको कारण सिंगो मुलुकलोडसेडिङमुक्तभई हाम्रो देश विद्युतनिर्यात गर्ने हैसियतमापुगेको छ र आगामीआर्थिक वर्षवाट३० करोड भन्दावढि रोयल्टी दोलखाले प्राप्त गर्ने निश्चित छ ।खिम्तीजलविद्युत् आयोजनाको रोयल्टीबापततामाकोशीगाउँपालिकाले वार्षिक रूपमालगभग ८ करोड बजेट प्राप्तगर्दै आएको छ । यसबाहेक दोलखामाविभिन्नविद्युत् आयोजनाहरू सम्पन्नभएकाछन् । उक्तआयोजनाहरूले थप २०० मेगावाटविद्युत राष्ट्रियप्रशारणलाइनमा योगदान गरेका छन् ।अहिले पनिथुप्रै जलविद्युतआयोजनाहरू निर्माणाधीन रहेका छन् । दोलखाजिल्ला र समग्र तामाकोशीनदीप्रवाहप्रणाली देशकै महत्वपूर्ण जलविद्युत ‘हब’ को रूपमाआफ्नो परिचयबनाएको छ ।
सडक तर्फ
तीनदशकअघिसम्म दोलखाजिल्लामालामोसाँघु– जिरी सडक खण्डमात्रनिर्माणभएको थियो । मुडे देखि जिरीसम्म ८० किमि रहेको थियो । २०५१ सालको नेकपाएमाले सरकारले ‘आफ्नो गाउँआफै बनाऔँ’भन्ने विकास केन्द्रीतनीतिको पृष्ठभूमिमाहाल ३०० किमीभन्दाबढीपक्की सडक र २०००किमीभन्दाबढीकच्ची सडक निर्माणभएको छ । यो सडकको लम्वाइलाई तुलनामा गर्ने हो भने पूर्व मेची देखि पश्चीममहाकालीसम्मओहोरदोहोर गरे भन्दापनिवढिहुन्छ ।
दोलखाकाग्रामिणस्तरमा नै यसले जिल्लाको यातायातप्रणालीलाई व्यापक र सहजबनाएको छ । जिल्लाका७४ वडामध्ये ७० भन्दाबढीवडाकार्यालयहरूबाट ३ घण्टा समयको यात्रामा सदरमुकामआइपुग्न सकिन्छ । यस प्रकारको यातायातपहुँचदेशकाअन्यपहाडीजिल्लाहरूमाविरलै पाइन्छ । लामोसाँघु जिरी सडकलाई डबल लेनको बनाउने, चरिकोट र जिरी बजारको शहरी सडक विस्तार गर्ने, भिरकोट–हावा सडक र चरिकोट–सिंगटी सडक कालोपत्रे गर्ने कार्य भैसकेको छ ।
स्वास्थ्य सेवातर्फ
जिरी र चरिकोटमा रहेको अस्पताललाई व्यापक स्तरोन्नतिभएको छ । जिल्लाभित्र ६० वटा स्वास्थ्य चौकी र ४० भन्दाबढीआधारभूतप्रयोगशाला स्थापनाभएकाछन् । ग्रामीणक्षेत्रमा स्थापितती स्वास्थ्य संस्थाहरूबाट ५० भन्दाबढीएम्बुलेन्सहरू सञ्चालनभई आपतकालीन सेवादिइरहेका छन् । कतिपयवडाहरु ‘जिरो होमडेलिभरी’पहिचान समेत पाइसकेका छन् । चरिकोट र जिरी अस्पतालकाअलावा सिंगटी, मागादेउराली, मैनापोखरी, मालु, मेलुङ लगायतका स्थानमाडाक्टर, नर्स र लाइफ सपोर्ट सिष्टमसहितकाआधारभूत अस्पतालहरू स्थापनाभएकाछन् । यसकाअलावा सदरमुकामचरिकोट र अन्यबजारहरूमानिजी क्षेत्रका एक दर्जन अस्पताल र उपचारात्मक सेवाहरू स्थापनाभएकाछन् । देशव्यापीअभियानको रुपमा सुरुवात गरेको पालिकास्तरीय आधारभूत अस्पतालहरू निर्माणको क्रममा रहेका छन् ।
शिक्षातर्फ
२०४८ सालमाप्रमाणपत्रतहमात्र सञ्चालितगौरिशङ्कर क्याम्पस हालविस्तृत पूर्वाधारसहित स्नातकोत्तर तहसम्मपढाइने बहुमुखीक्याम्पसको रूपमा सञ्चालित छ । तीनदशकको अवधिमाजिल्लाभित्र ११ वटाउच्चशिक्षाकाक्याम्पस, ३० वटाउच्चमाध्यमिकविद्यालय, १० वटाप्राविधिकशिक्षालय, ७० भन्दाबढीनयाँमाध्यमिकविद्यालय र १५० भन्दाबढीआधारभूतविद्यालयहरू स्थापनाभएकाछन् । ग्रामिणक्षेत्रमा देखिने पहेलो रंगकाठुलाभवन देखिनासाथ यो विद्यालयवा स्वास्थ्य केन्द्रको भवनभनीअनुमान गर्न मिल्ने अवस्था रहेको छ ।
अन्यपूर्वाधार तर्फ
२०७२ सालको भूकम्पपश्चात् जिल्लाभित्रकरिब ८० वटाआधुनिक र भव्यविद्यालयभवनहरूमाविज्ञानप्रयोगशालातथाकम्प्युटर प्रयोगशाला स्थापनाभएकाछन् । भुकम्पपछिको नीजि घर निर्माणमापनि सफलता नैं हातालागेको छ ।
भूकम्पपश्चात् जिल्लाभित्र २ दर्जन जिल्लास्तरीय सरकारी कार्यालयकाभवनहरू, ६० भन्दाबढीवडाकार्यालयहरू, ५० वटा स्वास्थ्य चौकीभवनहरू, सुरक्षानिकायका १५ वटाभवनहरू र १०० वटाभन्दाबढी सामुदायिकभवनहरू निर्माणभएकाछन् ।
वित्तीयविकास तर्फ
तीनदशकअघिसम्म साहु महाजनहरूबाटचर्को ब्याजको ऋणलिनु पर्ने वाध्यताथियो । सहकारीको विस्तारका कारण सो वाध्यताबाटआम दोलखालीमुक्तभई सामान्तवादी अर्थ व्यवस्थाको अन्त्यभएको छ । दोलखाजिल्लाले सहकारी आन्दोलनमाठुलो सफलताहासिल गरेको छ ।दोलखका धेरै सहकारीहरु राष्ट्रिय स्तरमै ख्यातिकमाएकाछन् । यसकाअलावाजिल्लाभित्र ५०० भन्दाबढी सहकारीहरू स्थापना र सञ्चालनभएकाहुन् । जसबाटजिल्लाभित्र १५ अर्बभन्दाबढीको पुँजी परिचालनहुन सकेको छ । झण्डै एक हजारले प्रत्यक्ष रोजगारी पाएकाछन् । यसले जिल्ला र देशकै आर्थिक वृद्धि र फैलावटमापर्याप्त योगदान गरेको छ ।सहकारी अभियान दोलखाका७४ वटै वडाहरुमा फैलिएको छ । २०४८ सालमाजिल्लाभर नेपाल वैंक, कृषिविकास वैंक र राष्ट्रियवाणिज्य वैंककाशाखाहरु मात्र सञ्चालनमा रहेकोमाहाल सरकारी र निजी गरेर विभिन्न बैँकका७० वटाशाखाहरु सञ्चालनमा रहेका छन् । यसले जिल्लाको आर्थिक कारोबारको आकारलाई प्रष्टगर्दछ ।
सञ्चार, पर्यटनतथा कृषितर्फ
२०४८ सालमा दूरसञ्चारको क्षेत्रमाअतिसिमित टेलिफोन सेवाअहिले जिल्ला भर फोन सेवा, इन्टरनेटसमेत सुचारु भएको छ ।
तीनदशकअघिरेडियो नेपालको कुनै विकल्पथिएनअहिले दोलखामा नैं १० वटाएफएम रेडियो स्टेशन स्थापनाभइ सञ्चालनमाआएकाछन् ।
पर्यटनविकासमाकालिन्चोक क्षेत्रमा केबलकार सहित कुरीको पर्यटकीयबजार स्थापना, चरिकोट आसपास दर्जनौं पर्यटकीयगन्तव्यको विकास, दोलखाभीमेश्वर क्षेत्रको जीर्णोद्धार र शैलुङ क्षेत्रमा पर्यटनपदमार्गहरूको निर्माणलगायतकाकार्यहरू भएकाछन् ।
जिल्लाभित्रका ९० प्रतिशत घरधुरीलाई आधुनिकप्रणालीको खानेपानीउपलब्ध गराइएको छ भने सिंचाइयोग्यजमिनको ८० प्रतिशत क्षेत्रमा सिंचाइको सुविधा पु¥याइएको छ ।
अन्त्यमा, यहाँकेहीउपलव्धीहरुको मात्रचर्चा गरिएको छ । यो भन्दा धेरै विकास भएको छ ।विस्तृतरुपमा लेखाजोखा गर्ने हो भने लामो श्रृखलाहुन सक्छ । यीउपलव्धीहासिल गर्न दोलखालीकोमहत्वपूर्ण योगदान रहेको छ । यसको अगुवाई नेकपाएमालेले गरेको भन्नकुनै कन्च्यूस्याई गर्नु पर्ने देखिन्न । दिर्घकालिनविकासको दृष्टिकोण सहितको योजनावनाउने र त्यसको समन्वयात्मकभूमिका सहित नेतृत्वगर्नमाएमाले अग्रपंक्तीमा रहेको छ । दोलखालीलेचाहे जतीको विकास भएनहोला तर विर्सनैं नहुने कुरा विकास गरेर टुङ्गीने कुरा होइन । यो निरन्तर चलिरहने प्रकृया हो । धन्यवाद