अधिकाशं बैंक र वित्तीय संस्था मारवाडीको पकडमा राज्यलाई राजस्व शून्य

समाचार

काठमाडौं । एउटै बैंक उद्यमी, व्यापारी,बैंकर । नियम बनाउने ठाउँमा पनि उही,कार्यन्वयन गर्ने ठाउँमा पनि उही । त्यसो भए पनि उस्ले आफ्नै हित हुने गरी ऐन कानुन बनाउने भयो । जस्तो डलरे अर्बपति विनोद चौधरी सांसदमात्र छैनन्,काग्रेसको पालन पोषण गर्ने व्यक्ति । उनै बैंक,बीमा,अस्पताल,शिक्षालय,टेलिकम्युनिकेसनसम्म चलाउने । अर्काे व्यापारी उमेश श्रेष्ठको अबस्था पनि उही हो । शिक्षा, स्वास्थ्य, बैंक, हस्पिटालिटीदेखि बिमासम्म उनको पनि लगानी । यसरी राज्यसत्ता चलाउने ठाँउमा व्यापारी भए पछि तिनले गरिब र सर्वहाराको हितमा कानुन बनाउँछन् र ?
एउटा व्यापारी आफैं बैंकर आफैं व्यवसायी । आफ्नै बैंकबाट आफ्नै अर्काे कम्पनीका नाममा ऋृण निकाल्छ अनि कहिलेकाँही आफ्नै कम्पनीमा आफैंले आगो झोसेर आफ्नै बीमा कम्पनीबाट दावी भुक्तानी लिन्छ । यस्तो धन्दामा लाग्नेहरुमा पर्दछन् उनै विनोद चौधरीदेखि राजेन्द्र खेतानसम्म । बदमासीको यस्तो जालो खोज्दै जाने हो भने अधिकांश व्यापारीहरु आफैं बैंकर छन् । आफ्नै बीमा कम्पनी चलाउँछन् । जस्तो विनोद चौधरी आफैं नबिल बैंकका मालिक । उनी युनाइटेड इन्स्योरेन्सका समेत साहुजी कुनै समय आफ्नै कम्पनीमा आगो झोसे अनि क्षतिपूर्ति आफ्नै अर्काे बीमा कम्पनी युनाइटेड इन्स्योरेन्सबाट भराए । उनै चौधरी सिजी फिन्को,नर्भिक अस्पतालदेखि स्कूलसम्म चलाउँछन् । कुनै समय मायोज नामक चाउचाउ उत्पादन गर्दथे राजेन्द्र खेतान । तिनले पनि उसैगरी कम्पनीमा आगलागी हुँदा आफ्नो वीमा एभरेष्ट इस्योरेन्सबाट क्षतिपूर्ति माग गरे । चन्द्र ढकाल ग्लोबल आइएमइका साहुजी भइहाले उनैले इस्योरेन्स समेत खोल्न भ्याइसकेका छन् । प्रभु भट्टचन प्रभु बैंकका मालिक उनै इन्स्योरेन्स चलाउँछन् । पछिल्लो चरणमा त झनै शेखर गोल्छादेखि पवन गोयलहरुसम्म इस्योरेन्स खोल्न आइपुगेका छन् । अर्काे मारवाडी समूदाय केडिया अग्रजाइनसेन छ जो धारा नामक तेलमा कालोबजारी गर्नेमा अगाडि छ । त्यस्ता व्यापारीका अगाडि सरकारी कर्मचारी निरिह हुँदा तिनलाई कारवाही गर्ने हैसियत कोही राख्दैन । यो समूहले अहिले सिद्धार्थ बैंक,एनएमबी,मेगा बैंक चलाउँछ । अर्का व्यापारी छन् शारदा ग्रुप उस्ले कुमारी बैंक,एनएमबी,सनराइज बैंक चलाउँछ । यी बैंकमा दुगड समूहको समेत लगानी छ । यस्तै विशाल ग्रुपले एनआइसी एसिया र एनएमबी बैंक चलाइरहेको छ । उपेन्द्र महतोहरु सानिमा बैंकदेखि नेपालका ठूल्ठूला अस्पताल सञ्चालन गर्नेमा पर्दछन ।
यसरी नेपालका अधिकांश बैंक तथा बीत्त कम्पनी यस्ता मारवाडी व्यापारीहरुको पकडमा छन् । तिनै व्यापारीहरुले यताबाट रकम उठाएर आफ्ना मुलुकमा पु¥याउँदै आएका छन् । न त ती व्यापारीहरु करका दायारामै पर्दछन् ।
यसैबीच नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज बैद्यको तिनकुनेस्थित घरबाट ठगीधन्दा भइरहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । अस्तिमात्र उनको घरमा रहेको कल सेन्टरमा प्रहरीले छापा मारेको थियो । एक जना चर्चित व्यवसायीको घरबाट ठगीधन्दा भइरहेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *