एसपीपीले रोक्यो देउवाको अमेरिका भ्रमण

राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली का्रंग्रेसका सभापति शेरबहादुर देउवाले यही असार २८ गतेबाट अमेरिका भ्रमण गर्ने र त्यो भ्रमणको अवसरमा अमेरिकी राष्ट्रपति जो वाइडेनसँग भेटवार्ता गर्ने योजनासमेत बनाएका थिए ।

तर, असार समाप्त हुँदा पनि प्रधानमन्त्री देउवाका अमेरिका भ्रमण टुंगो लाग्न सकेको छैन । वर्तमान सरकारको एउटा घटक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका अनुसार नेपालले अमेरिकाले प्रस्ताव गरेको (स्टेट पार्टनरसीप प्रोग्राम) एसपीपीमा सम्झौता गर्न अस्वीकार गरेको कारण अमेरिकाले प्रधानमन्त्री देउवाको अमेरिका प्रमण र राष्ट्रपति जो वाइडेनको भेटप्रति खासै इच्छा देखाउन छाडेको बुझिएको छ । त्यस कारण प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण नहुने भएको हो ।

यसैबीच नेपाललाई लिएर महाशक्ति अमेरिका र महाशक्ति हुने लाइनमा रहेको चीनका बीचमा खुल्ला विवाद र बहस हुन थालेको छ । नेपालका लागि राजदूतमा नियुक्ति भएका र अमेरिकाको संसदीय सुनुवाइको क्रममा अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थम्सनले नेपालको संसदबाट एमसीसी परियोजनालाई नेपालको अनुमोदन हुन नदिन चीनले ठूलो चलखेल गरेको उल्लेख गरेका थिए ।

नेपालका लागि अमेरिकाका प्रस्तावित राजदूत थमसनले आफ्नो मुलुकको विरुद्धमा लगाएको यो आरोपको काठमाडौं स्थित चिनीयाँ दूतावासले कडा शब्दमा निन्दा र भत्र्सना गरेको छ । र, कुनै पनि मुलुकको आन्तरिक मामिलामा चिनको हस्तक्षेप नगर्ने नीति रहेको पनि उल्लेख गरिएको छ ।

यो मामिलामा जे भए तापनि नेपालको सन्दर्भमा अमेरिका र चीनको चासो बढेको भने स्पष्ट हुन्छ । र, यही चासोसँग अमेरिकाले अगाडि प्रस्ताव गरेको एसपीपी सम्झौतालाई पनि काठमाडौंको कुटनीतिक क्षेत्रले अर्थपूर्ण रुपमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *