यी हुन सिंहदरबारभित्रका १४८ ‘डन’ कर्मचारी

प्रशासन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतकै एउटा कार्यालयले सिंहदरबारमा गरेको अनुगमनका क्रममा एकै दिन १२० जना डन कर्मचारी अनुपस्थित रहेको फेला परेको छ ।
कार्यालयले हिजो सिंहदरबारभित्रका विभिन्न मन्त्रालय तथा कार्यालयमा अनुगमन गर्दा विभिन्न पदमा कार्यरत १२० जना कर्मचारी बिना सूचना अनुपस्थित भएको केन्द्रले जनाएको छ ।
यस्तै २८ जना कर्मचारीले नेपाल सरकारले तोकेको पोशाक नलगाएको भेटिएको केन्द्रले जनाएको छ ।

केन्द्रले बिना कुनै सूचना कार्यालयमा अनुपस्थित रहने र तोकिएको पोशाक नलगाउने कर्मचारीहरुलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायमा लेखेर पठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *