राष्ट्रिय सभाबाट पनि पारित भयो नागरिकता विधेयक

राजनीति समाचार

काठमाडौं । राष्ट्रिय सभाले बिहीबार नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ राष्ट्रिय सभाबाट पनि पारित गरेको छ ।

राष्ट्रिय सभाका सांसदले राखेको संशोधनका विषयमा गृहमन्त्री बालकृष्ण खाणले सदनमा जवाफ दिएका थिए। गृहमन्त्रीको जवाफलगत्तै सभामुखले संशोधनकर्ताहरुसँग फिर्ता लिन आग्रह गरेका थिए। उक्त विधेयक बहुमतले पारित भएको हो।

अधिकांश संशोधनकर्ताहरुको वैवाहिक अंगीकृतहरुका लागि ७ वर्ष समयावधि राख्नुपर्ने माग गरेका थिए। केहीले पिताको थर र ठेगाना खुलाउन नपर्ने विषयमा पनि संशोधन खोजेका थिए।

तर, ती संशोधन राष्ट्रिय सभाले अस्वीकार गरेको छ। प्रमुख प्रतिपक्ष नेकपा एमालेका साथै सत्तापक्षकै केही सांसदहरुले यस्तो संशोधन राखेका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि नागरिकता विधेयक ऐनमा परिणत हुनेछ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि गैरआवासीय नेपाली नागरिकलाई पनि नागरिकता लिने बाटो खुल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *