जलस्रोत र भौतिकमा निर्माणका कामहरु सधैं अलपत्र

राजनीति समाचार

काठमाडौं । सरकारले विकास निर्मांणको कामलाई प्राथमिकता दिने भनिरहँदा अधिकांश विकासे आयोजनाहरु बजेट अभावकै कारण लथालिङ्ग बन्दै गएका छन् । बजेट अभावकै कारण भौतिक, जस्रोत, सिंचाई जस्ता क्षेत्रमा काम हुन सकेको छैन । ठेकेदारहरुले ठेक्का लिएका कामहरु पनि बजेट अभावकै कारण अलपत्र परिरहेका छन् । जलस्रोत र भौतिकले लगाएको ठेक्का निर्माण व्यवसायीले समयमा कामभ नगरेको भन्दै बीचैमा तोड्ने गरेको छ । त्यसले गर्दा विकास निर्माणका कामहरु समयमा हुन सकेका छैनन् ।

एकातिर यो अवस्था छ भने अर्कोतिर आयोजना प्रमुख र योजना प्रमुखहरु फेरबदल गर्ने परम्पराले पनि आयोजनाका काम नहुने र लागत पनि बढ्दै जाने गरेको छ । देशभर १४-१५ अर्बभन्दा बढीका ठेक्काहरु रग्ण अवस्थामा गुज्रिइरहेका छन् । सरकारले त्यस्ता ठेक्काको काम छिटोछरितो गर्नको लागि निर्माण व्यवसायीलाई पटक–पटक आग्रह गर्दा पनि ठेकेदारहरुले आनकानी गरिरहेका छन् । त्यसले गर्दा पनि सरकारले ठेक्का तोड्न वाध्य हुने गरेको छ ।

निर्माण व्यवसायीले पनि आफ्नो भुक्तानी नपाएको बहाना बनाएर अधिकांश आयोजना र पुल निर्माणका कामहरु अलपत्र पारिराखेका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र उर्जा तथा सिंचाईमन्त्री दीपक खड्काले सिंचाईको जलस्रोत र सिंचाईंको क्षेत्रमा राम्रो काम गर्न सकेका छैनन् । उल्टै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ निहुँ खोजेर बद्नाम हुन पुगेका छन् । जल विद्युत आयोजना र सिंचाईका कामहरु अलपत्र परिराखेका छन् ।

निर्माण व्यवसायीले सरकारले आफ्नो भुक्तानी समयमा नदिएको भन्दै देशैभरका निर्माण व्यवसायीको राय संकलन गर्न लागेका छन् । देशैभरबाट सुझाव आइसकेपछि आन्दोलनको विकल्प नरहेको बताउन थालेका छन् । अत्याधिक मूल्यवृद्धिले गर्दा कालोबजारी व्यापक रुपमा बढिरहेको छ । बालुवा, इँटा, गिटी र सिमेन्टको भाउ अकासिएको भन्दै निर्माण व्यवसायीहरु ठेक्का लिन हिचकिचाइरहेका छन् । निर्माण व्यवसायीले काम सम्पन्न गरेको भुक्तानी छिटोछोरिता ढंगयले हुनुपर्ने माग राख्दै सरकारलाई दबाब दिइरहेका छन् । त्यसले गर्दा पनि विकास निर्माणका कामहरु समयमा नभएर अलपत्र परिराखेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *