अर्का इञ्जिनियरविरुद्ध साढे चार लाख भ्रष्टचार मुद्धा

प्रमुख प्रशासन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना इञ्जिनियरविरुद्ध साढे चार लाख बिगोसहित भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले रोल्पाको गंगादेव गाउँपालिकाका इञ्जिनियर नवीन डाँगीविरुद्ध साढे चार लाख बिगो दावी गर्दै उनीविरुद्ध भ्रष्ट्राचार मुद्धा हालेको हो । अख्तियारले उनीविश्ररुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । इञ्जिनियर डाँगीसँग चार लाख छ हजार पाँच सय रुपैयाँ बिगो मागदाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज अदालतमा मुद्दा दायर गरेको हो ।

गत असार २४ गते मोटरबाटो निर्माण योजनाको नापी किताब र बिल तयार गरिदिने भन्दै सेवाग्राहीसँग ५० हजार घुस लिएको आरोपमा अख्तियारले उनलाई नियन्त्रणमा लिएको थियो ।

सोही क्रममा अनुसन्धान गर्दा डाँगीको साथबाट थप तीन लाख ५६ हजार पाँच सय रुपैयाँ भेटिएको हो । उनले उक्त रकमको स्रोत खुलाउने सप्रमाण पेश गर्न नसकेपछि अख्तियारले मुद्दा दायर गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *