कार्यकर्तालाई ओलीको चेतावनी ः ०६४ सालमा झैँ अब मलाई हराउने छुट छैन

राजनीति समाचार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफूलाई हराए बेठीक हुने बताएका छन् । दमकमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ०६४ को संसदीय निर्वाचनमा आफूलाई हराएपछि झापा क्षेत्र नं ७ का वासिन्दा पछुताउनु परेको बताए ।

‘२०६४ सालको निर्वाचनमा पार्टीका कतिपय साथीले भोट अन्तै हालेर मलाई हराउनुभयो, तर उहाँले जिताएर पठाएको मान्छे आज कहाँ छ रु’ आफूलाई हराएको एक वर्ष नबित्दै सो क्षेत्रका बासिन्दाले पछुतो मान्नु परेको स्मरण गराउँदै उनले दोहोर्याएर गल्ती गर्ने छुट अब नभएको चेतावनी दिए ।

उनले कार्यक्रममा पार्टीको सिद्धान्त तथा नीति सबैले बुझ्नुपर्ने र दोहोर्याएर गल्ती गर्ने काममा नलाग्न सबै कार्यकर्तालाई निर्देशन दिए । अध्यक्ष ओलीले दलको झण्डा बोकेर विरोधीलाई भोट हालेर जिताउने छुट कसैलाई नभएको भन्दै आक्रोश व्यक्त गरे ।

अध्यक्ष ओलीले आजै कमल र गौरीगञ्ज गाउँपालिका तथा गौरादह नगरपालिकाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *