दलीय सेटिङमा पाए शर्माले उन्मुक्ति

राजनीति समाचार

काठमाडौं । बाहिरको व्यक्तिलाई समावेश गरेर विभिन्न वस्तु कर हेरफेर गरेको भन्ने प्रकरणबाट निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई संसदीय छानविन समितिले सुनपानी छर्किएर उन्मुक्ति दिएको छ ।

आर्थिक वर्ष २०७९ को वार्षिक बजेटको अन्तिम तयारीको क्रममा गत जेठ १४ गते राति रघुनाथ घिमिरे नामक एक जना बाहिरका व्यक्तिको निर्देशनमा विभिन्न वस्तुमा कर हेरफेर गरेको प्रसंग दाबेपछि यो प्रकरणको छानविन गर्न ११ जना सांसद सदस्य रहेको समिति गठन गरेका थिए ।

यो समितिमा प्रमुख प्रतिपक्ष नेकपा एमालेको तर्पmबाट ४ जना सांसद सदस्य रहेका थिए । अन्नपूर्ण दैनिकमा दुई जना पत्रकार तयार पारेको सनसनीपूर्ण आलेखमा गत जेठ १४ गते राती अर्थमन्त्रलायसँग कुनै प्रकारको सम्बन्ध नभएका रघुनाथ घिमिरे नामक एक व्यक्तिको निर्देशन र हस्तक्षेपमा विभिन्न वस्तुको कर हेरफेर गरेको आरोप लगाइएको थियो ।

यो विवाद बढेर गएपछि सत्यतथ्य सार्वजनिक गर्नका लागि सभामुख अग्नि सापकोटाले ११ सदस्यीय संसदीय छानविन समिति गठन गरेका थिए । छानविन समिति गठन भएपछि नैतिकताको आधारमा जनार्दन शमाले राजीनामा गरे । तर, अहिले उक्त समितिमा रहेका विभिन्न दलका सांसद्हरुले सेटिङ मिलाएर यो प्रकरणबाट जनार्दन शर्मालाई उन्मुक्ति दिएका छन् ।

र, कर हेरफेर गर्ने मामिलामा बाहिरको व्यक्ति कुनै संलग्नता नभएको निष्कर्ष पनि संसदीय समितिले निकालेको छ । समितिमा ४ जना सदस्य रहेको नेकपा एमालेले फरकमतको नाममा जनार्दन शर्मालाई यो प्रकरणबाट उन्मुक्ति दिन सहयोगीको भूमिका निर्वाह गरेको छ ।

अत्यन्त सनसनी खेज रुपमा सार्वजनिक भएको यो घटनालाई यसैगरी सामसुम पार्ने काम सरकारमा रहेका र प्रतिपक्षमा रहेका दलहरुले गरेका छन् । यही कारणले गर्दा छानविनको न्यूनतम शर्त पनि पुृरा नगरी र यो घटनाको रहस्योद्घाटन गर्ने प्रकारसँग छलफलसमेत नगरी गत शुक्रबार यो मामिलाबाट जनार्दन शर्मालाई उन्मुक्ति दिने गरी प्रायोजित रुपमा तयारी गरिएको प्रतिवेदन सभामुख सापकोटालाई बुझाउने काम भएको छ । स्मरण रहोस् यो घटना सार्वजनिक गर्ने पत्रकारहरुले आफूसँग ठोस प्रमाण रहेको दावी गरिराखेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *