नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई कोरोना संक्रमण

राजनीति शिक्षा/स्वास्थ समाचार

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबारदेखि ज्वरो, खोकी र वान्ता हुने समस्या देखिएका कोइरालालाई शनिबार दिउँसो स्वास्थ्य जाँच पछि कोरोना संक्रमण पुष्टि भएको हो ।

शनिबार विहान उपचारका लागि ग्राण्डी अस्पताल पुगेका कोइराला त्यहीँ भर्ना भएका उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।
नेता कोइराला पछिल्लो समय मधेशका विभिन्न जिल्लामा पार्टी कार्यक्रममा सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *