पोखरीमा डुबेर दुईको मृत्यु

समाचार

नवलपुर । नवलपरासी (बर्दघाट(सुस्तापूर्व( को छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर दुईको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार शनिबार जिल्लाको कावासोती र देवचुलीमा पोखरीमा डुबेर दुईको मृत्यु भएको हो ।
कावासोती–४ झुलुङ्गे पुलस्थित पोखरीमा देवचुली–१० गणेश टोलकी माया सिंजालीका छ वर्षीय छोरा ऋतिक पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएका थिए ।

पोखरीमा बेपत्ता बालकलाई अस्थाई प्रहरी पोष्ट शङ्खदेवबाट खटिएको प्रहरीको टोली र स्थानीय वासिन्दाले उद्धार गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *