काठमाडौंमा एकै परिवारका चारजनाको हत्या

समाचार

काठमाडौंमा एकै परिवारका चारजनाको विभत्स हत्या भएको छ । तारकेश्वर नगरपालिका २ स्थित काभ्रेस्थलीमा एकै परिवारका चारजनाको विभत्स हत्या भएको हो । ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डेको विभत्स तरिकाले हत्या भएको प्रहरीले जनाएको छ।

गोरखा भीमसेन गाउँपालिका(६ स्थायी घर भइ हाल काभ्रेस्थलीमा बस्दै आएका पाण्डे परिवारका सदस्य सोमबार बिहान मृत अवस्थामा फेला परेका हुन्।

प्रहरीका अनुसार घरको ढोका भित्रबाट बन्द गरिएको र ढोका फोडेर हेर्दा चारजना मृत अवस्थामा भेटिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *