एमाले अध्यक्ष ओली पशुपतिको आरतीमा सहभागी हुँदै

राजनीति समाचार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज साँझ पशुपतिको विशेष आरतीमा सहभागी हुने भएका छन् ।

प्रेस संयोजक रामशरण बजगाइँका अनुसार पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली आरतीमा सहभागी हुन आज साँझ साढे ५ बजे पशुपति पुग्नेछन् । पशुपति बागमती गंगा आरती परिवारको वार्षिकोत्सवमा सहभागी हुन उनी पशुपति जान लागेका हुन् ।

आरतीमा सहभागी भएसँगै ओलीले मन्दिरको पनि दर्शन गर्ने कार्यक्रम छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *