काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको पहिलो सेमिफाइनल खेल आज हुँदै छ ।
फाइनल प्रवेशका लागि दुई चिरपरिचित प्रतिद्वन्द्वी भारत र अस्ट्रेलिया खेल्दै छन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २ बजेदेखि शुरु हुँदै छ ।भारत समुह ‘ए’ को विजेताको रुपमा सेमिफाइनल खेल्दै छ भने अस्ट्रेलिया समुह ‘बि’ को उपविजेताको रुपमा सेमिफाइनल खेल्न लागेको हो । दुवै टोली यस प्रतियोगितामा अपराजित छन्, अस्ट्रेलियाको दुई खेल भने नतिजाविहीन थियो ।
भारतले समूह चरणमा बंगलादेश, पाकिस्तान र न्युजिल्याण्डलाई हराएको थियो । अस्ट्रेलियाले पहिलो खेलमा इंग्ल्याण्डमाथि शानदार जित निकाल्दा त्यसपछिका दुई खेल नतिजाविहीन भएको थियो । त्यस्तै दोस्रो सेमिफाइनल खेल न्यूजील्याण्ड र दक्षिण अफ्रिकाबीच बुधबार पाकिस्तानको लाहोरमा हुदै छ । आइसीसी च्याम्पियन्स ट्रफीको फाइनल खेल आगामी आइतबार हुने छ ।