नारायणगढ – मुग्लिन सडकखण्डको भोर्लेमा माइक्रो बस दुर्घटना, १८ जना घाइते

समाचार

चितवन । नारायणगढ–मुग्लिन सडकको भोर्लेमा माइक्रो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । घटनास्थल भरतपुर १९ मा पर्छ । घाइतेहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भएको चितवन प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

नारायणगढबाट धादिङतर्फ जाँदै गरेको बा ३ ख ८५८८ नम्बरको रिजर्भ माइक्रोबस त्रिशूली नदी किनारमा खसेको प्रहरीको भनाइ छ । सडकबाट २० मिटर तल नदी किनारमा माइक्रो खसेको प्रहरीले जनाएको छ ।

मुक्तिनाथ विकास बैंकका कर्मचारीहरू माइक्रो रिजर्भ गरेर नारायणगढबाट धादिङ जानेक्रममा दुर्घटना भएको प्रहरीको भनाइ छ । घटनाको थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *