काठमाडौं । नेपाली कांग्रेस पार्टीलाई ८५ देखि ९० सिट दिएर ७५÷८० सिट बाँडेर गठबन्धन गर्न कम्युनिष्ट शक्तिलाई सहज छैन । जसरी डा.शेखर कोइराला स्थानीय चुनावमा कांग्रेसले प्राप्त गरेको मतलाई आधार बनाउनुपर्छ भन्दैछन् । सभापति शेरबहादुर देउवालाई छैठौंपटकको प्रधानमन्त्री बन्नुछ । त्यसको लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आफ्नो विश्वासमा लिनुपर्छ । माओवादीभित्र पनि कांग्रेसभन्दा वामपन्थी मोर्चालाई जोड दिनेकै बाहुल्यता छ ।
कांग्रेसले गठबन्धन गर्दैन्थ्यो भने पनि लोकप्रिय मत पाउने सम्भावना थिएन । किनकि कांग्रेसले राम्रो गर्दैन । देशको हितमा भन्दा अहितमा रमाउने कांग्रेसभित्र गठबन्धनलाई चासो नदिने टिम बलियो बन्दैछ । सभापतिको हैसियतले शेरबहादुरबाट आफ्नो पदीय सुरक्षा खोज्नु स्वभाविक छ । तर पार्टीले सत्ता सञ्चालन गर्दा जनताको हितमा कति काम ग¥यो । भ्रष्टाचार चरम छ, बिचौलियाकै भरमा काम भएका छ । गठबन्धनले जनताको पक्षमा केही नगर्दा पनि कांग्रेस पहिलो पार्टी भएकोमा गर्व गर्न सकिने गरी मत पाउनु नै डा.शेखरहरुको गठबन्धनविरुद्ध आत्मबल बढेको देखिन्छ ।
डा.शेखर समूहको गुटगत भेलाबाट संस्थापन पक्ष थर्कने अवस्था छैन । किनकि त्यो गुटले भगिनी संगठनहरुको नेतृत्वमा भाग खोजेको छ । चुनाव जितेरै प्रेस युननियनमा दुई तिहाई ल्याएपछि संस्थापनले विद्यार्थी र तरुणको टीके नेतृत्वको संरचना निर्माणमा पनि झन् ढिलाई गर्दैछ । चुनाव भए सबैतिर सत्ता विरोधी आउने डर पनि छ । कांग्रेसमा संस्थागत सुधार छैन । १३ वटा संगठन थप भएका छन् । पार्टीको सहमति पाएपछि ६ महिनामा महाधिवेशन गर्नुपर्छ । कांग्रेसको विधानले भातृ संस्थाको अधिवेशन ४ वर्षमा गर्ने व्यवस्था गरेको छ ।
अहिले कांग्रेसभित्र संस्थागत सुधारभन्दा पनि पद लिने र पाएको बचाउने अभियान छ । पार्टीमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, उपसभापति धनराज गुरुङ, सहमहामन्त्री उमाकान्त चौधरी, डा.शेरको लाइनमा भएपनि संस्थापनसँग भिड्न सक्ने स्थिति छैनन् । संसदीय बोर्डले चुनावमा उम्मेद्वारको टिकट दिन नाम छनौट गर्ने भएकाले डा.शेखर पक्षका पदाधिकारीहरु अरुका लागि भन्दा आफ्नै लागि लड्नुपर्ने अवस्थामा पुगेका छन् । यस्ता घेराबन्दीमा आफ्नै टिमबाट डा.शेखरले खोजेको साथ र सहयोग पाउन मुस्किल बन्दै गएको छ ।