जहाँ एमाले, त्यहाँ बेरुजु

समाचार

काठमाडौं । राजनीतिक नेताले जति फूर्ती लगाए पनि काम गर्न सकेका छैनन । समृद्धि र विकासको नारा जति लगाय पनि हुन्छ । तर काम भने फोहोरको दीर्घकालीन समाधान काठमाडौं महानगरले ३ अर्ब ८५ करोड ७ लाख बेरुजु राखेको छ । पार्टी अध्यक्ष ओली सरकारको ४१ महिनामा ६० अर्ब कहाँ खर्च भयो ठाउँ छैन । तर राज्यले कोषबाट गुमाएकै छ ।
आफु कसैको निम्ति प्रयोग नहुने बताएका ओलीले नाममा ७० करोड मात्र किन दुई अर्ब खाइदिएको हो भन्ने गोकुल बास्कोटा जाग्दैछन् । विद्यासुन्दर शाक्य लायक होनहान, निश्चल पोखरेललाई पिता ईश्वर पोखरेलद्वारा प्रशिक्षित गरिएको हुकामे कम्पनीमा बैध समुह जोडिनु नौलो भएन । तर स्थानीय सरकार एमालेको थियो । एमाले मेयर बनेको काठमाडौँ र पोखरामा बेरुजु बढि देखियो ।
पोखरा महानगरले २ अर्ब ५६ करोड १३ लाख बेरुजु राख्यो । ५५ करोड त स्थानीय सरकार छाउने बेलामा एमालेका मेयर कृष्ण थापाले थपे । ज्वाईलाई पोखरा महानगरको जमिन सस्तोमै एक्लै सम्झौता गरेर दिलाए पनि त्यो भण्डाफोर भएकै हो । एमाले मिलाएर खान्छ कांग्रेस हाकाहाकी खान्छ भनेको यही हो । एमालेले नेपाल ट्रष्टले जमिन र भवन मात्रमा खाएन, पशुपतिमा सुनको जलप लगाउँदा १२ किलो हरायो । भारतले तीर्थयात्रीका बनाइदिएको धर्मशालामा होटल चलाउन दिएर पनि खायो ।
बरु एमालेले खेलेको माओवादीले हाँकेको भरतपुरमा कुल बेरुजु १ अर्ब २ करोड मा २०७७÷७८ मा ६ करोड ४५ लाख थपिएको छ । एमालेसँग जोडिएका वीरगंजका तत्कालीन मेयर विजय सरावगीले पनि २ अर्ब ६६ करोड ८४ लाख बेरुजुमा ७६ करोड ७७ लाख थपेका छन् । विराटनगरमा १ अर्ब २६ करोडमा थपिएको ६९ करोड ७७ लाख, ललितपुरमा १ अर्ब ८९ करोड ७० लाखमा ५५ करोड ४० लाख थप भयो । यी दुबैमा कांग्रेसले नेतृत्व लिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *