आर्थिक वर्ष लागेसँगै सिंहदरबारमा कर्मचारीको मेला

समाचार

काठमाडौं । अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा दिनदिनै मेला लाग्ने गरेको छ । अधिकाशं जिल्ला, प्रदेश र स्थानीय निकायबाट कर्मचारी काठमाडौं धाउने गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा मेला लाग्ने गरेको छ । अधिकाशं प्रदेश र स्थानीय निकायमा कर्मचारी नभएको कारणले गर्दा सेवाग्राहीले सेवा पाउन सकेका छैनन् । सेवा नपाएर आम सेवाग्राही छट्पटाएका छन् । उता सिंहदरबारमा कर्मचारीको मेला लाग्ने गरेको छ । कर्मचारी मालदार ठाउँमा जानको लागि राजनीतिक दलका नेता र कर्मचारी नेतालाई चाकडी गरिराखेका छन् ।
उता नासु, खरिदार, शाखा अधिकृत, उपसचिवले राम्रो र मालदार अड्डामा जान विभिन्न मन्त्रालयका सचिवको चाकडी गरिराखेका छन् । जब आर्थिक वर्ष लाग्छ, अनि सिंहदरबारमा मेला लाग्ने गरेको छ । विभिन्न कार्यालयमा सेवाग्राहीले दुख पाएका छन् । कर्मचारी सिंहदरबारमा मन्त्री सचिव राजनीतिक दलका नेता र कर्मचारी नेतालाई हारगुहारी गरिरहेका छन् । विभिन्न राजनीतिक दल संगठन नेतालाई दशैं आएको जस्तै भएको छ । राजनीतिक दलका नेता र कर्मचारी नेताले आफ्नो पार्टीनिकट कर्मचारीलाई भन्सार, मालपोत, कर कार्यालय, वैदेशिक रोजगार विभाग, अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजव विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात कार्यालय, गृह मन्त्रालयदेखि जिल्ला प्रशासन कार्यालय, उद्योग विभाग, वाणिज्य तथा आपूर्ति विभाग, कृषि, भूमि तथा सहकारी मन्त्रालयअन्तर्गत नापी र मालपोत, महानगरपालिका तथा नगरपालिकाका कार्यकारी अधिकृत भएर जानका लागि तछाडमछाड हुने ग रेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीले कर्मचारीको भिड खेप्न सकेका छैनन् ।
सचिव सुरेश अधिकारी पनि कम छैनन् । किनकि सुरेश अधिकारी पनि आफ्ना निकटका कर्मचारीलाइर्ए मालदार अड्डामा राख्न पाए घरखर्च र छोरा छोरी नाति नातिनीको फिस तिरिदिने मौकाअनुसार खर्च पनि पाइने कारण लागिपर्ने गरेका छन् । उनले आफ्ना वरिपरिका कर्मचारी साथी, सहसचिव, उपसचिव, शाखा अधिकृत, नासु, खरिदारजस्ता कर्मचारीलाई मालदार ठाउँमा पठाउने गरेका छन् । कहिले राजनीतिक पार्टीका मन्त्री, कहिले राजनीतिक पार्टीका महासचिव, अध्यक्ष त कहिले प्रधानमन्त्री कार्यालय, कहिले गृह मन्त्रालयबाट कर्मचारीको सरुवाको विषयमा फोन आउने गरेको स्रोतको भनाई छ ।
कतिपय कर्मचारी तिन तिन वर्षमा मालदार ठाउँमा जानको लागि विभिन्न शक्तिकेन्द्र धाउने र पैसा खर्च गरेर हुन्छ कि बिचौलियाको प्रयोग गरेर हुन्छ । जसरी पनि आम्दानी र भत्ता खाने ठाउँमा सरुवा हुनको लागि मरिमेट्ने गरेका छन् । यो कर्मचारीको रोगै भइसकेको छ । कर्मचारी काम नहुने र आम्दानी नहुने ठाउँमा बस्न रुचाउने गरेका छैनन् । कतिपय कर्मचारी भनेको ठाउँमा जान नसकेपनि काज सरुवा भएर तलब एक ठाउँको खाने काम चाहिं मालदार अड्डामा गर्ने गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *