२३ घण्टापछि खुलेको नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

समाचार

चितवन । नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ मौरीखोला पुलमा मंगलबार राति फेरि पहिरो खसेपछि बाटो अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीका अनुसार गए राति साढे २ बजेतिर पहिरो खस्दा भारतीय नम्बर प्लेटको एउटा मिनी ट्रकमा पनि सामान्य क्षति पुगेको छ । मौरीपुलमा सोमबार राति ११ बजे पनि पहिरो खसेको थियो । २३ घण्टापछि मंगलबार राति पौने १० बजे पहिरो सफा गरेर गाडी खुलाइएको थियो ।

राति गएको पहिरो सोमबारको भन्दा आधा भएको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर शिव खनालले बताएका छन् । त्यसैले पनि चाँडै बाटो खुल्ने सम्भावना कम रहेको उनको भनाइ छ । बाटोमा सोमबार रातिदेखि कै गाडीहरू अलपत्र छन् । अहिले नारायणगढ–मुग्लिन खण्डको यात्रा कष्टप्रद बनिरहेको छ । प्रहरीले पहिरोको जोखिम अझै कायम भएकाले गाडीहरु रोक्दा बस्ती भएको छेउछाउमै रोक्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *