चुनावको मिति टुंगो लाग्यो, दुई गठबन्धनबीच सिधा टक्करको स्थिति

राजनीति समाचार

काठमाडौं । निर्वाचन आयोगको सिफारिसमा सरकारले आगामी मंसिर ४ गते एकैचरणमा प्रदेश र संघको निर्वाचन गर्ने भएको छ । आमनिर्वाचन र प्रदेश निर्वाचनको टुंगो लागेसँगै सत्तारुढ गठबन्धनका दलहरुका बीचमा सिट बाँडफाड माखापछि सुरु भएकमो छ । खासगरी सत्तारुढ गठबन्धनका तीन दल, नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका बीचमा संघीय संसद्का लागि हुने प्रत्यक्षतर्पmको निर्वाचन क्षेत्रलाई लिएर माखापछि सुरु भएको हो ।

२७५ सांसद् रहेको प्रतिनिधि सभामा १६५ सांसद् प्रत्यक्ष निर्वाचन प्रणालीबाट आउँछन् । दलहरुको हैसियत कायम गर्नका लागि संघीय प्रदेशको संसद्का लागि प्रत्यक्षतर्पmबाट हुने निर्वाचनले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । अहिले कम्युनिस्ट शक्तिहरु विभाजित अवस्थामा रहेको र कम्युनिस्टको एउटा बलियो पक्ष आपूmसँग रहेको कारण यो अवस्थाको फाइदा उठाएर बहुमत ल्याउने र बहुमत ल्याउन नसके सबैभन्दा ठूलो दल हुने योजना नेपाली कांग्रेस रहेको छ ।

उक्त योजना सफल बनाउन पत्यक्षतर्पm अधिकतम सिट जित्नुपर्ने हुन्छ । यही कारणले गर्दा नेपाली कांग्रेसले प्रत्यक्षतर्पmको १६५ स्थानमध्ये १ सय स्थान आपूmसँग राखेर बाँकी ६५ अन्य दललाई दिने योजना कांग्रेसको रहेको छ । तर, सबैभन्दा ठूलो पार्टी नेकपा एमालेलाई एक्ल्याएको अवस्थाको फाइँदा लिँदै सबैभन्दा ठूलो कम्युनिस्ट दल हुने योजनामा रहेको नेकपा माओवादी केन्द्रले पनि आफ्नो योजना सफल पार्नका लागि प्रत्यक्षतर्पmको अधिकतम सिट तान्न आफूले उम्मेदवारी दिन पाउनुपर्ने दावी गर्ने स्थिति रहेको छ ।

२०७४ सम्पन्न आमनिर्वाचनमा नेपाली कांग्रेसले प्रत्यक्षतर्पm २३ र समानुपातिकतर्पm ४० स्थानमा विजय हासिल गरेको थियो । त्यसैगरी नेकपा एमालेसँग सहकार्य गरेर चुनाव लडेको माओवादी केन्द्रले प्रत्यक्षतर्पm ३६ र समानुपातिकतर्पm १७ सिटमा विजय प्राप्त गरेको थियो । नेकपा एमालेले भने प्रत्यक्षतर्पm ८० र समानुपातिकतर्पm ४३ स्थानमा विजय प्राप्त गरेको थियो ।

अर्थात् राजनीतिक हैसियत कायम गर्ने गरी विजय प्राप्त गर्नका लागि प्रत्यक्षतर्पmको निर्वाचन प्रणालीले राजनीतिक दललाई ठूलो सहयोग गरेको छ । यही कारणले गर्दा प्रत्यक्षतर्पmको १६५ सिटको भागबन्डा गठबन्धनमा सामेल राजनीतिक दलका निम्ति ठूलो चुनौति हुने देखिएको छ । यो विवाद र समस्या समाधान गर्न पाँच दलीय गठबन्धनले कार्यदल गठन गर्ने निर्णय गरिसकेको छ ।

अहिले गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको निसानामा नेकपा एमाले रहेको छ । किन भने नेकपा एमालेको सिट संख्या नघटी गठबन्धनका दलहरुको सिट बढ्ने सम्भावना छैन । यही कारणले गर्दा गठबन्धन नेकपा एमालेलाई निसानामा राखेर चुनावी मैदानमा उत्रन थालेको छ । यसको प्रतिरक्षाका लागि नेकपा एमालेले पनि राष्ट्रिय प्रजातन्त्र पार्टी लोकतान्त्रिक समाजवादी पार्टी लगायतका अन्य दलहरुसँग सहकार्य गर्ने सम्भावना देखिएको छ ।

यससम्बन्धमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन बाहिरका कम्युनिस्ट पार्टीहरुलाई सहकार्यका लागि आह्वानसमेत गरिसकेका छन् । आगामी आमनिर्वाचनमा दर्जनभन्दा बढी राजनीतिक दलहरुले भाग लिने भएपनि कांग्रेस र एमाले नेतृत्वको दुई गठबन्धनका बीचमा प्रतिस्पर्धा हुने सम्भावना बढेको देखिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *